BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सSample

येशूले आफ्ना चेलाहरूलाई धार्मिक अगुवाहरूको कपटबाट बच्न सिकाउनुहुन्छ। तिनीहरू परमेश्वरको प्रेमको बारेमा कुरा गर्छन् तर गरिबहरूलाई बेवास्ता गर्छन्। उनीहरूसँग धेरै ज्ञान छ तर यसलाई केवल प्रशंसा पाउन प्रयोग गर्दछन्। येशूले यो दुई-मुखे जीवनशैली सहन गर्नुहुने छैन र सिकाउनुहुन्छ कि परमेश्वरले सबै कुरा देख्नुहुन्छ र मानवतालाई उत्तरदायी बनाउनुहुनेछ। यो दुबै चेतावनी र प्रोत्साहनको रूपमा हो। यो चेतावनी हो किनभने लोभ र कुरा काट्नेहरू गोप्य हुनेछैन। कपटीहरू फेला पर्नेछन्। सत्य प्रकट हुनेछ र गलतलाई एक दिन ठीक गरिनेछ। तर यो एक प्रोत्साहन पनि हो किनकि परमेश्वरले मानवले गरेको दुष्टतालाई मात्रै नभएर उहाँले असलपनालाई पनि देख्नुहुन्छ। उसले मानवका आवश्यकताहरू देख्नुहुन्छ र उदारताका साथ आफ्नो सृष्टिको वास्ता गर्नुहुन्छ। जब येशूका चेलाहरुहरू परमेश्वरको राज्यको पछि लाग्ने र यसलाई प्राथमिकता दिन्छन, उनीहरूले अनन्त धनसम्पत्ति र पृथ्वीमा जीवनको लागि चाहिने सबै कुरा प्राप्त गर्नेछन भनी येशुले निश्चिन्त गराउनुहुन्छ। तर, यसको मतलब जीवन सजिलो हुनेछ भन्ने होइन । वास्तवमा, आफ्ना चेलाहरूले पक्कै कष्ट भोग्नेछन् भनेर येशू स्वीकार्नुहुन्छ। तर उहाँ प्रतिज्ञा गर्नुहुन्छ कि कष्टमा पर्नेहरूले परमेश्वरसामु सामना गर्नेछन् र जसले उहाँको नामको सम्मान गर्न आफ्नो जीवन दिन्छन् ती सबलाई स्वर्गदूतहरूको अघि सम्मान गरिनेछ। यस कारण, येशू आफ्ना चेलाहरूलाई परमेश्वरको प्रबन्धमाथि भरोसा राख्न प्रोत्साहित गर्नुहुन्छ र तिनीहरूलाई कपटीको खतराहरूदेखि चेतावनी दिनुहुन्छ। सबैले आफ्नो वचनहरू ग्रहण गरेको येशू चाहानुहुन्छ तर धेरैले त्यसलाई अस्वीकार गर्दछन्।
About this Plan

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।
More
Related Plans

Exploring Easter

Repicture Obedience at Home

Press Play

Real Hope: Welcome Home

Up! We Will Elevate (Week 1)

Growing Faithfully: Creating a Family Stewardship Garden in Your Backyard

5 Powerful Prayers to Transform School Communities

Calling Out Your Name: Scriptures and Prayers for New and Expecting Parents

Finding Freedom: Trusting God
