BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सSample

रोममा सुनुवाइ होस् भनेर पावलले अपील गरिसकेपछि फेस्तसले सबै कुरा राजा अग्रिपासलाई सुनाउँछन्। यसले राजालाई चकित पार्छ अनि उनले पावलको कुरा व्यक्तिगत रूपमै सुन्ने निर्णय गर्छन्। लूका हामीलाई बताउँछन्, त्यसकारण भोलीपल्ट सबै कुराको बन्दोबस्त गरिन्छ र पावलले गवाही दिएको सुन्न अग्रिपाको साथमा थुप्रै महत्त्वपूर्ण अधिकारीहरू पनि उपस्थित हुन्छन्। त्यसपछि लूकाले पावलको कथा र प्रतिरक्षाको तेस्रो विवरण लेख्छन्। तर यस पटक, लूकाको विवरणले के देखाउँछ भने बौरी उठ्नुभएको येशूलाई पावलले भेटेको दिन के भएको थियो त्यसबारे अझ बढी विवरणहरू पावल बताउँछन्। पावलको वरिपरि अन्धा तुल्याउने ज्योति चम्किंदा र उनले स्वर्गबाट आवाज सुन्दा येशूले स्वर्गबाट हिब्रू भाषामा बोलिरहनुभएको थियो। प्रभु येशूले उनलाई उनको परिवर्तनको अनुभव अन्यजाति र यहूदीहरूलाई बताउन बोलावट दिनुभयो ताकि तिनीहरूले पनि परमेश्वरको पापक्षमाको ज्योति देख्न सकून् र शैतानको अन्धकारबाट मुक्त हुन सकून्। पावलले येशूको आदेश पालन गरे र येशूको कष्ट र पुनरुत्थानबारे सुन्ने जत्ति सबैलाई बताए अनि धेरै समयदेखि प्रतीक्षा गरिएको मसीह अर्थात् यहूदीहरूका राजा येशू नै हुनुहुन्छ भन्ने कुरा हिब्रू धर्मशास्त्रबाट देखाए। फेस्तसलाई पावलको कथामामा विश्वास लागेन अनि पावलले होस गुमाएको छ भनेर उनले भने। तर अग्रिपाले पावलका शब्दहरू उचित छन् भन्ने देख्छन् र उनी झण्डै इसाई बनेको कुरा स्वीकार गर्छन्। पावलको मनस्थितिबारे फेस्तस र अग्रिपास सहमत नभए तापनि पावलले मृत्युदण्ड वा कैद पाउन योग्य केही गरेका छैनन् भनेर तिनीहरूले मानिलिन्छन्।
Scripture
About this Plan

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।
More
Related Plans

Exploring Easter

Repicture Obedience at Home

Press Play

Real Hope: Welcome Home

Up! We Will Elevate (Week 1)

Growing Faithfully: Creating a Family Stewardship Garden in Your Backyard

5 Powerful Prayers to Transform School Communities

Calling Out Your Name: Scriptures and Prayers for New and Expecting Parents

A Teen's Guide To: Being Unafraid and Unashamed
