BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सSample

एफिससको कलाहल समाप्त भएपछि, पावल वार्षिक पेन्तिकोस चाडको लागि समयमै यरूशलेमतिर लाग्छन्। यात्राको दौरान उनले सुसमाचार प्रचार गर्न र येशूका अनुयायीहरूलाई प्रोत्साहन दिन धेरै सहरहरूको यात्रा गर्छन्। यसमा, हामी पावल र येशूको सेवकाइको बीच समानता देख्छौं। येशू वार्षिक यहूदी चाड (निस्तार चाड)-को लागि समयमै यरूशलेम प्रस्थान गर्नुभयो र यात्राको दौरान आफ्नो राज्यबारे सुसमाचार प्रचार गर्नुभयो। अनि जसरी आफूलाई क्रूसले पर्खिरहेको छ भन्ने येशूलाई थाहा थियो, त्यसरी नै राजधानी सहरमा आफूलाई दुःख र कष्टले पर्खिरहेको छ भन्ने पावललाई पनि थाहा छ। त्यसकारण यस कुरालाई ध्यानमा राखी उनले बिदाइ जमघटको योजना बनाउँछन्। उनले एफिससका पास्टरहरूलाई नजिकैको सहरमा भेट्न बोलाउँछन्, जहाँ उनले तिनीहरूलाई आफू गएपछि सबै कुरा अझ कठिन हुने चेतावनी दिन्छन्। तिनीहरूले खाँचोमा परेकाहरूलाई उदारताको साथ सहायता गर्न र आफ्ना मण्डलीहरूलाई तत्परताको साथ सुरक्षित गर्न र रेखदेख गर्न होसियार हुनुपर्छ भनेर उनले तिनीहरूलाई बताउँछन्। पावललाई बिदा गर्नु पर्दा सबैको मन खिन्न हुन्छ। तिनीहरू रुन्छन्, उनलाई अङ्गालो हाल्छन् र चुम्बन गर्छन् र उनी जहाजमा नचढेसम्म उनको साथ छोड्न मान्दैनन्।
Scripture
About this Plan

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।
More
Related Plans

Exploring Easter

Repicture Obedience at Home

Press Play

Real Hope: Welcome Home

Up! We Will Elevate (Week 1)

Growing Faithfully: Creating a Family Stewardship Garden in Your Backyard

5 Powerful Prayers to Transform School Communities

Calling Out Your Name: Scriptures and Prayers for New and Expecting Parents

Listening to God's Voice
