प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिकाSample

परमेश्वरबाट सुन्नु
परमेश्वरको आवाज सुन्नु जस्तो अरू केही छैन। उहाँबाट सुन्ने एउटा माध्यम भनेको उहाँको बचन हो। रोमी १०ः१७ ले हामीलाई भन्छ, विश्वास सुनाईबाट आउँच, र सुनाई परमेश्वरको बचनबाट (एनकेजेभी)। तर यदी हामी देखिने कुरा बाट नभएर विश्वासबाट हिँड्न चाहन्छौं भने, यदी हामी परमेश्वरको बचन सुन्न र परमेश्वरको प्रतिज्ञाहरू पूरा भएको देख्न चाहन्छौं भने, हामीले प्रार्थना गरिरहनु पर्छ र परमेश्वरसँग बाँड्नको लागि अझ धेरै कुराहरू छन् भनि भरोसा गर्नुपर्छ। तपाईंको मद्दतको लागि यहाँ केही तरिकाहरू छन्ः
धैर्यवान बन्नुहोस्, तपाईंले पर्खदै गर्दा पनि
१ शमूएल ३ ले शमूएलले परमेश्वरको आवाजलाई सुन्न सिक्दै गरेको कुरा बताउँछ। हाम्रो लागि यसको अर्थ के हुनसक्छ? शमूएल जस्तै, हामीले शुरूमा परमेश्वरको आवाजलाई नचिन्न पनि सक्छौं। केही समय, धैर्यता, र अरुहरूबाटको सल्लाह चाहिन सक्छ हामीले सुनिरहेको कुरालाई बुझ्न मद्दत गर्नको लागि। उत्सुकताका साथ उहाँलाई सुन्नुहोस्।
यसलाई एउटा ठाउँ दिनुहोस्।
सुसमाचार भरि, हामी देख्छौं कि येशू आफ्ना चेलाहरू र भीडबाट अलग भएर प्रार्थना गर्न एउटा शान्त ठाउँ खोज्नुभयो। उहाँले यो गर्नुभयो ताकि यद्धपि उहाँ परमेश्वरको पुत्र हुनुहुन्थ्यो र हुनुहुन्छ, उहाँ पूर्णरूपमा मानिस पनि हुनुहुन्थ्यो। उहाँले हामीले जस्तै उही संघर्षहरू र बाधाहरूको सामना गर्नुभयो, त्यसैले उहाँले हामीलाई एक्लो रहेर प्रार्थना गर्नुको महत्त्वलाई उदाहरणद्वारा देखाउनु भयो। त्यसरिनै, जहाँजहाँ तपाईं सक्नुहुन्छ, जसरी सक्नुहुन्छ, तपाईंको दिनबाट एउटा समय निकाल्नुहोस् र आफ्नो मनलाई शान्त राखेर प्रार्थना गर्नुहोस्।
यसमा लागि रहनुहोस्।
जब तपाईं हरेक दिन निरन्तर प्रार्थना गर्न शुरू गर्नुहुन्छ र पनि परमेश्वरको आवाजलाई सुन्न सक्नुभएन भने, हार नमान्नु होस्। लागि पर्नुहोस्। विश्वास गरिरहनु होस्। प्रार्थना गरिरहनु होस्। परमेश्वरको बचन पढिरहनु होस् ताकि जब उहाँ बोल्नुहुन्छ, उहाँनै हुनुहुन्छ भनि तपाईं थाहा पाउनुहुनेछ! यर्मिया ३३ः३ मा, परमेश्वरको प्रतिज्ञा गर्नुभएको छ, "‘मलाई पुकार्, र म तँलाई जवाफ दिनेछु र तैंले नजानेका गहिरा र गुप्त कुराहरू म तँलाई बताउनेछु’ (NNRV)। यो त्यो प्रतिज्ञाहो जसको सम्झना गर्नु र यो पुरा भएको हेर्न ढृड हुन योग्य छ!
प्रार्थना
"परमेश्वर, म तपाईंको प्रशंसा गर्छु कारण तपाईं असल र प्रशंसाको योग्य हुनुहुन्छ। पुस्ता देखि पुस्तासम्म र युग देखि युगसम्म, तपाईं कहिल्यै बद्लिनु हुन्न। तपाईं आफ्नो प्रतिज्ञामा विश्वासयोग्य हुनुहुन्छ। तपाईं आफ्नो प्रेममा सहनशिल हुनुहुन्छ। तपाईं आफ्नो बचनमा भरोसायोग्य हुनुहुन्छ। बोल्नुहोस्, प्रभु, तपाईंको दासले सुन्दै छ। आमेन!"
यस योजनाको बारेमा

प्रार्थना एउटा उपहार हो, हाम्रो स्वर्गीय पितासँग सम्बन्धमा हुने कस्तो अतुलनीय अवसर। यस ६-दिने योजनामा, हामी पत्ता लगाउने छौं कि येशूले हामीलाई प्रार्थनाको विषयमा के सिकाउनु भयो र निरन्तर र एकदम साहससँग प्रार्थना गर्नको लागि प्रेरित बन्नेछौं।
More
हामी यो योजना प्रदान गर्नुभएकोमा Christine Caine - A21, Propel, CCM लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.propelwomen.org/
Related Plans

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना

प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका

ग्रेसको गान (Anthem of Grace)

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना

परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु

बोलावट

पुनस्थापनालाई रोज्नु
