YouVersion लोगो
खोज आइकन

Plan Info

बाइबल आइकनGet the app

प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिकाSample

प्रज्वलितः साहसिक प्रार्थनाको लागि  एउटा सरल निर्देशिका

दिन 2 को 6

प्रार्थनामा येशूको गुरूशिक्षा हामीले प्रार्थनाको

विषयमा सबैकुरा स्वतः जान्नेछौं भनि येशूले अनुमान गर्नुभएन। उहाँले डाँडाको उपदेशमा यसो भन्दै उदाररूपले आफ्ना चेलाहरूलाई सिकाउनु भयो जो प्रार्थना कसरी गर्ने भनि सिक्न चाहन्थेः

"तर तिमी जब प्रार्थना गर्दछौ, आफ्‍नो भित्री कोठामा पस, र ढोका थुनेर गुप्‍तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर। र गुप्‍तमा देख्‍नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। र प्रार्थना गर्दा अन्‍यजातिहरूजस्‍ता व्‍यर्थै नबरबराओ। किनभने धेरै शब्‍दमा बोल्‍दा तिनीहरूको सुनाइ हुन्‍छ भन्‍ने तिनीहरू विचार गर्दछन्‌। यसकारण तिनीहरूजस्‍ता नहोओ। किनभने तिमीहरूले उहाँसँग माग्‍नभन्‍दा अघिबाटै तिमीहरूलाई कुन-कुन कुराको खाँचो छ, सो तिमीहरूका पिता जान्‍नुहुन्‍छ। “तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर:

‘हे हाम्रा पिता, जो स्‍वर्गमा हुनुहुन्‍छ,
तपाईंको नाउँ पवित्र होस्‌। तपाईंको राज्‍य आओस्‌।
तपाईंको इच्‍छा स्‍वर्गमा जस्‍तो छ, त्‍यस्‍तै यस पृथ्‍वीमा पूरा होस्‌।
हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्‌। हाम्रा अपराध क्षमा गर्नुहोस्,
जसरी हामीले आफ्‍ना अपराधीहरूलाई क्षमा गरेका छौं।
हामीलाई परीक्षामा पर्न नदिनुहोस्,
तर दुष्‍टबाट छुटाउनुहोस्‌।" मत्ती ६ः६-१३

यसमा येशूले समावेश गर्नुभएका केहि सत्यताहरूलाई विचार गर्नुहोस्ः
प्रार्थना लामो वा जटिल हुनुपर्छ भन्ने छैन।
प्रार्थना सार्वजनिक देखावटीको लागि होइन, तर यो परमेश्वरसँग जोडिने विषयमा हो।
प्रार्थनालाई परमेश्वरले स्वागत गर्नुहुन्छ। हामी उहाँमा आउँदा उहाँ मनपराउनु हुन्छ।
प्रार्थना परमेश्वरको आराधना गर्ने र उहाँको महानता थाहा गर्ने एउटा अवसर हो।
प्रार्थनामा क्षमादान माग्ने, प्रबन्धको अनुरोध गर्ने, र परमेश्वरको इच्छा खोज्ने समावेश हुनसक्छ।
प्रार्थनाले पृथ्वीमा परमेश्वरको राज्यलाई बढाउँछ!
हाम्रो सिप र प्रतिष्ठाले फरक पार्दैन, कारण हामी हाम्रो विश्वास हाम्रो प्रार्थनामा राख्दैनौं। हाम्रो विश्वास भनेको नै परमेश्वरको शक्तिमा छ, जसले हामीलाई प्रेम गर्नुहुन्छ र सुन्नुहुन्छ र हामीले प्रार्थना गर्दा काम गर्नुहुन्छ। यसैकारण हामी प्रार्थना गर्छौं।
प्रार्थनामा दिनुपर्ने जोडहरू भनेको "सहि शब्दहरू" वा निश्चित विधिहरू होइनन्।
येशू मात्रै।

प्रार्थना

"स्वर्गमा हुनुहुने हाम्रो पिता, तपाईंको नाम पवित्र गरियोस्। तपाईंको राज्यतपाईंको राज्‍य आओस्‌। तपाईंको इच्छा स्वर्गमा जस्तै यस पृथ्वीमा पूरा होस्। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्‌। अनि हाम्रो ऋृणहरू क्षमा गर्नुहोस्, जसरी हामीले आफ्ना ऋृणीहरूलाई क्षमा गरेका छौं। र हामीलाई परीक्षामा नल्याउनुहोस्, तर दुष्टबाट बचाउनु होस्।"

Day 1Day 3

यस योजनाको बारेमा

प्रज्वलितः साहसिक प्रार्थनाको लागि  एउटा सरल निर्देशिका

प्रार्थना एउटा उपहार हो, हाम्रो स्वर्गीय पितासँग सम्बन्धमा हुने कस्तो अतुलनीय अवसर। यस ६-दिने योजनामा, हामी पत्ता लगाउने छौं कि येशूले हामीलाई प्रार्थनाको विषयमा के सिकाउनु भयो र निरन्तर र एकदम साहससँग प्रार्थना गर्नको लागि प्रेरित बन्नेछौं।

More

हामी यो योजना प्रदान गर्नुभएकोमा Christine Caine - A21, Propel, CCM लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.propelwomen.org/