उद्धार Sample

अगमवक्ताहरूले उद्धारको बारेमा भने
इस्राएलका राजाहरूले आफ्ना मानिसहरूलाई निर्वासनमा लैजाँदा,तिनीहरूका अगमवक्ताहरूले तिनीहरूलाई निर्वासन र निर्वासनपछिको जीवनको लागि तयार पारे। तिनीहरूका धेरैजसो सन्देशहरू विनाश र निराशाका थिए,तर त्यसमा आशाका किरणहरू पनि थिए। परमेश्वरले आफ्ना अगमवक्ताहरूसँग बोल्नुभयो जसले उहाँको वचनलाई ईमानदारी साथ सम्प्रेषण गरे,जतिसुकै निराशाजनक वा पूर्वानुमानित सन्देश किन न होस् । मानिसहरुको प्रतिक्रिया अनुभूति र विनम्रताको थिएन,तर घोर उदासीनता र अरुचिकोथियो। केही स्तरमा तिनीहरूले जीवित परमेश्वरको पछि लाग्न छोडेका थिए र काठ र ढुङ्गाका मूर्तिहरूको पछि लागेका थिए। तिनीहरूले एक साँचो परमेश्वरको आराधना गर्न स्थिर रहनुको सट्टा आफ्नो निर्वासित देशहरूमा मिसिन रोजेका थिए। अगमवक्ताहरूले आफ्ना मानिसहरूको लागि परमेश्वरको निरन्तर प्रेमलाई तिनीहरूपरमेश्वरबाट टाढा हुनुको बावजुद संचार गरे। तिनीहरूमाथि परमेश्वरको न्यायलाई राष्ट्रको ध्यानाकर्षण गराउन तिनीहरूको प्रयासमा तिनीहरू अथक थिए। तिनीहरूको जिद्दी,अनाज्ञाकारिता र घोर पापपूर्णताको परिणामको रूपमा यो न्याय योग्य थियो। परमेश्वरका मानिसहरूले शब्दलाई कम गरेनन् र तिनीहरूको इमानदारीको लागि तिनीहरुले दुःख भोगे। आफ्नै मानिस द्वारा घृणित,सतावट,र अलग गरिए,यी मानिसहरू आगोमुनि साहसको चित्र थिए।
सबैभन्दा दुःखलाग्दो पक्ष यो थियो कि त्यस देशका मानिसहरूमा ईश्वरीय दृष्टिको अभाव थियो न त उनीहरूले ईश्वरीय दृष्टि भएकाहरूलाई पनि विश्वास गरे र यसकारण उनीहरूका शत्रुहरूको हातबाट नष्ट भए। धेरै थोरै बचेका मानिसहरुजसले सानो समुह गठन गरे,तिनीहरू भविष्यवाणी गरे अनुसार यरूशलेममा फर्किए। यदि कसैले इस्राएलको अविश्वासको मूल कारण पत्ता लगाउने हो भने,यो तिनीहरूको परमेश्वर बाहिरका चीजहरू र मानिसहरूमा निर्भर हुने थियो। सरल शब्दमा भन्नुपर्दा,यो मूर्तिपूजाको हृदय थियो जसले उनीहरूलाई पीडित बनायो। तिनीहरूको जुनून र स्नेह परमेश्वर तिर निर्देशित थिएन - त्यसैले तिनीहरूको आराधना कमहुदै गयो र अन्ततः गलत दिशामा गयो। कुनै पनि अगमवक्ताले मानिसहरूलाई तिनीहरूको जिद्दीपन बाट बचाउन सकेनन्।
विचार:
दर्शन बिना मानिस नष्ट हुन्छ।
यस योजनाको बारेमा

बडा दिन परमेश्वरले हाम्रो उद्धारको निम्ति ख्रीष्टलाई पठाएर हाम्रो लागि गर्नुभएका सबै कुराहरूलाई फर्केर हेर्ने र विचार गर्ने उत्तम समय हो। तपाईंले यो भक्ति पत्र पढ्दा, म प्रार्थना गर्दछु कि तपाईंले आफ्नो उद्धारको सम्झना गर्नुहुनेछ र नयाँ वर्षमा आत्मविश्वास साथ हिड्नु हुनेछ कि उहाँले तपाईंलाई सबै कुराबाट उद्धार गर्नुहुनेछ जुन तपाईंलाई अगाडिको बाटोमा हिंड्न आवश्यक छ।
More
हामी यो योजना प्रदान गर्नुभएकोमा Christine Jayakaran लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.instagram.com/wearezion.in/
Related Plans

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु

बोलावट

ग्रेसको गान (Anthem of Grace)

प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली

इस्टर नै क्रुस हो - 8 दिने भिडियो योजना

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना

इस्टर नै क्रुस हो - 4 दिने भिडियो योजना
