तपाईँसँग प्रार्थना छ!नमूना
"व्यक्तिगत प्रार्थना"
साथीभाइ, परिवारसँग मिलेर प्रार्थना गर्नु वा खाना खानुअघि मात्र प्रार्थना गर्नु भनेको धेरै सार्वजनिक वातावरणमा परमेश्वरसँग कुराकानी गर्ने उत्कृष्ट तरिका हो। तर सामूहिक प्रार्थनामा भाग लिनुको अतिरिक्त, परमेश्वरले हामीलाई प्रार्थनाको व्यक्तिगत, थप निजी अभ्यासमा पनि भाग लिएको चाहनुहुन्छ -जुन केवल तपाईँ र परमेश्वरको बीचमा हुन्छ। येशुले हाम्रो प्रार्थनामा गोपनीयताको बारेमा भन्नु भएको छ:
"तर तिमी जब प्रार्थना गर्दछौ, आफ्नो भित्री कोठामा पस, र ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।” मत्ती ६:६
बन्द ढोका पछाडि प्रार्थना गर्नको लागि हामीलाई येशुको निर्देशनले परमेश्वर हाम्रो जीवनमा घनिष्ठ र व्यक्तिगत रूपमा सरोकार राख्नुहुन्छ भन्ने सङ्केत गर्दछ। उहाँको इच्छा भने उहाँसँगको हाम्रो व्यक्तिगत सम्बन्धलाई गहिरो सञ्चारको माध्यमबाट बढाउनु हो। परमेश्वरले उहाँसँग निजी सङ्गतिको लागि तपाईँको प्रतिबद्धतालाई ध्यान दिनुहुन्छ, र तपाईँलाई इनाम र आशिष् दिने प्रतिज्ञा गर्नुहुन्छ।
परमेश्वरले पनि हामी उहाँसँगको कुराकानीमा इमानदार र खुलस्त भएको चाहनुहुन्छ, जसरी हामी प्रियजनसँग हुन्छौं। जहाँसम्म प्रार्थनाको लागि शब्दहरू कण्ठ गर्नु एक स्वस्थ अभ्यास हो, सत्य यो हो कि परमेश्वरले हामीले कण्ठ गरेका शब्दहरूको शृङ्खलाको उच्चारण गर्नुको सट्टा उहाँमा जाहेर गरिएको हाम्रो सच्चा अभिव्यक्ति चाहनुहुन्छ। हाम्रो प्रार्थनामा इमानदारीको बारेमा येशुले भन्नु भएको छ:
"र प्रार्थना गर्दा अन्यजातिहरूजस्ता व्यर्थै नबरबराओ। किनभने धेरै शब्दमा बोल्दा तिनीहरूको सुनाइ हुन्छ भन्ने तिनीहरू विचार गर्दछन्। यसकारण तिनीहरूजस्ता नहोओ। किनभने तिमीहरूले उहाँसँग माग्नभन्दा अघिबाटै तिमीहरूलाई कुन-कुन कुराको खाँचो छ, सो तिमीहरूका पिता जान्नुहुन्छ।” मत्ती ६:७-८
मनमा हाम्रो सर्वोत्तम हित राखी हामीले माग्नु अघि नै हामीलाई के खाँचो छ र के चाहन्छौं भन्ने कुरा परमेश्वरलाई ज्ञात हुँदाहुँदै पनि उहाँ अझै पनि हामीले ती अनुरोधहरू उहाँमा इमानदारी र आशाका साथ व्यक्त गरेको उहाँ चाहनुहुन्छ। उहाँ प्रेम र विश्वसनीयताका साथ प्रत्येक प्रार्थनाको जवाफ दिन चाहनुहुन्छ।
व्यक्तिगत प्रार्थनाको अर्को महत्त्वपूर्ण पक्ष दृढता र स्थिरता हो। परमेश्वरले हाम्रा अनुरोधहरू सुन्न कहिल्यै थाक्नुहुन्न, चाहे तिनीहरू उही हामीले उहाँलाई पहिले नै व्यक्त गरेका कुरा किन नहोस्। येशुले हाम्रो प्रार्थनामा लगनशीलताको बारेमा भन्नु भएको छ:
“माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढक्याओ त तिमीहरूका निम्ति उघारिनेछ। किनकि जसले माग्छ, त्यसले पाउँछ, जसले खोज्छ, त्यसले भेट्टाउँछ, जसले ढकढक्याउँछ, त्यसको निम्ति ढोका उघारिनेछ।” मत्ती ७:७-८
हाम्रो ख्रीष्टियन हिडाइमा बढ्नको लागि परमेश्वरसँग व्यक्तिगत सञ्चारको दैनिक समय छुट्याउनु महत्त्वपूर्ण छ। प्रत्येक दिन एउटा समय छान्ने प्रयास गर्नुहोस् जब तपाईँ विचलित हुनुहुन्न, र हामीले कति प्रार्थना गर्छौ भनेर परमेश्वरले घडी हेर्दै हामीले उहाँलाई दिएको समय मापन गर्नुहुन्छ कि भन्ने कुराको चिन्ता नगर्नुहोस्। उहाँले त्यसो गर्नुहुन्न। उहाँले केवल तपाईँलाई मात्र चाहनुहुन्छ। गोपनीयता, ईमानदारी र दृढता परमेश्वर सँग गरिने प्रार्थनाको समयको तीन धेरै महत्त्वपूर्ण विशेषताहरु हुन् र तपाईँलाई उहाँसँग घनिष्ठ सम्बन्ध बनाउन मद्दत गर्नेछ। तपाईँ यस बहुमूल्य समयको आनन्द लिनहुनेछ, र तपाईँ उहाँमा यसरी भर पर्नुहुनेछ जुन तपाईँले पहिले कहिल्यै गर्नुभएन।
धर्मशास्त्र
यस योजनाको बारेमा
एक शक्तिशाली र प्रभावकारी प्रार्थनाको जीवन निर्माण गर्न सिद्धान्तहरू पत्ता लगाउनुहोस्। प्रार्थना - व्यक्तिगत स्तरमा परमेश्वरसँग कुराकानी गर्नु - हाम्रो जीवन र परिवेशमा सकारात्मक परिवर्तनहरू हेर्ने कुञ्जी हो। डेभिड जे. स्वान्डद्वारा लिखित "आउट अफ दिस वर्ल्ड: ए क्रिस्चियन्स गाइड टु ग्रोथ एन्ड पर्पज" पुस्तकबाट लिइएको हो।
More
हामी यो योजना प्रदान गर्नुभएकोमा Twenty20 Faith, Inc. लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.twenty20faith.org/devotion1?lang=ne