वास्तविक खुशीको खोजः जोन पाइपर संग डिभोसन।Sample

आफैलाई जाँच्नुहोस्। तपाईको मानसिकता के छ? के तपाई परमेश्वर र उहाँको अधिकार र लक्ष्यबाट शुरु गर्नुहुन्छ? वा तपाईं आफैं र आफ्नो अधिकार र इच्छाहरूबाट शुरु गर्नुहुन्छ?
र जब तपाईं ख्रीष्टको मृत्युलाई हेर्नुहुन्छ, के हुन्छ? के तपाईंको आनन्द साँच्चै यस अद्भुत ईश्वरीय कार्यलाई आत्म-सम्मानको लागि बढावामा अनुवाद गर्दा आउँछ? वा के तपाई आफैंबाट बाहिर निस्किनुभएको छ र आश्चर्य र श्रद्धा र आराधनाले भरिनुचएको छ कि यहाँ येशूको मृत्युमा परमेश्वरको र उहाँको पुत्रको महिमाको लागि उहाँको असीम सम्मानको सबैभन्दा गहिरो, स्पष्ट घोषणा हो?
यो आशाको पूर्ण आश्वासनको लागि ठूलो अपरिवर्तनीय आधार होः पापहरूको क्षमाको आधार, अन्तमा, मेरो सीमित मूल्य वा काममा होइन, तर परमेश्वरको धार्मिकताको असीम मूल्यमा, उहाँको नामको महिमालाई समर्थन गर्न र प्रमाणित गर्नको लागि परमेश्वरको अटल वफादारीमा आधारित छ।
म तपाईंलाई हृदयदेखि नै अनुरोध गर्दछु, यसमा आफ्नो अडान लिनुहोस्। आफ्नो जीवन यसैमा आधारित गर्नुहोस्। यसमा तपाईंको आशा जगाउनुहोस्। संसारको व्यर्थ मानसिकताबाट मुक्त हुनुहुनेछ। र तपाईं कहिल्यै खस्नु हुनेछैन।
जब तपाईंको आनन्द ख्रीष्टमा परमेश्वरले परमेश्वरलाई उच्च पार्नुमा हुन्छ, यो आनन्द कहिल्यै असफल हुन सक्दैन।
धर्मशास्त्र
यस योजनाको बारेमा

परमेश्वरले हाम्रो विशेष हेरचाह गर्नुहुन्छ। तर महत्त्वपूर्ण कुरा उहाँको महानताको आनन्द लिनको लागि हामीलाई आफैंबाट बाहिर निकाल्नु हो। यस ३ दिनको डिभोसनमा, जोन पाइपरले पाठकहरूलाई येशूको प्रेमको कार्यहरू मात्र होइन, तर प्रेमको कार्यहरू भन्दा पारी उहाँको प्रेमको लक्ष्य हेर्न चुनौती दिन्छ।.
More