बालबालिकाहरूका लागि बाइबलकोSample

धेरै पहिला परमेश्वरले गब्रिएल स्वर्गदूतलाई मरियम नाम गरेकी एउटी सुन्दरी यहूदी कन्याकहाँ पठाउनुभयो। तिनले उनलाई भने, “तिमीले एउटा छोरो जन्माउनेछौ र उहाँको नाम येशू राख्नेछौ। उहाँ परमप्रधानका पुत्र कहलाइनुहुनेछ। उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ।”
छक्क परेकी ती केटीले सोधिन्, “यो कसरी हुन सक्छ, किनकि म एक कन्या हुँ?” ती बालक परमेश्वरको तर्फबाट आउनुहुनेथियो भनी स्वर्गदूतले मरियमलाई भने। उहाँको कुनै मानव पिता थिएन।
मरियमकी नातेदार एलीशिबाले वृद्धावस्थामा बालक जन्माउन लागेकी थिइन् भनी ती स्वर्गदूतले मरियमलाई भने। यो पनि एउटा आश्चर्यकर्म थियो। त्यसको लगत्तै मरियम एलीशिबालाई भेट्न गइन्। तिनीहरूले सँगसँगै परमेश्वरको प्रशंसा गरे।
मरियमको मगनी योसेफ नाम गरेका पुरुषसँग भएको थियो। मरियम गर्भवती भएको थाहा पाएर योसेफ दुःखी भएका थिए। तिनले ती बालकको पिता अर्कै थियो भनी सोचे।
यी बालक परमेश्वरका पुत्र हुनुहुन्थ्यो भनी परमेश्वरका स्वर्गदूतले योसेफलाई सपनामा भनिदिए। प्रभु येशूको हेरचाह गर्नमा योसेफले मरियमलाई सहायता गर्नुपर्दथ्यो।
योसेफले परमेश्वरमाथि भरोसा गर्दै उहाँको आज्ञा पालन गरे। तिनले आफ्नो देशको कानुन पनि माने। नयाँ कानुन अनुसार तिनी र मरियम जनगणनामाको लागि आफ्नो गृहनगर बेथलेहेमतिर लागे।
मरियमको सुत्केरी हुने बेला आयो। तर योसेफले कहीँ पनि बस्ने ठाउँ पाएनन्। सबै पौवाहरू भरिएका थिए।
अन्त्यमा योसेफले एउटा गोठ भेट्टाए। त्यहाँ नै बालक येशूको जन्म भयो। उहाँकी आमाले उहाँलाई डूँडमा राखिन् जहाँ जनावरहरूलाई खाना दिइन्छ।
नजिकै गोठालाहरू आफ्ना बगालको रक्षा गर्दै बसेका थिए। परमेश्वरका स्वर्गदूत देखा परेर तिनीहरूलाई अचम्भको खबर बताए। “आज दाऊदको सहरमा तिमीहरूका निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ। तिमीहरूले एउटा बालकलाई डूँडमा सुताइराखेको भेट्टाउनेछौ।”
अचानक, परमेश्वरको प्रशंसा गर्दै धेरैजना चम्किला स्वर्गदूतहरू देखा परे, “सर्वोच्चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा मानिसहरूलाई शान्ति।”
ती गोठालाहरू हतारिँदै त्यो गोठतिर लागे। ती बालकलाई देखेपछि तिनीहरूले प्रभु येशूको बारेमा स्वर्गदूतहरूले भनेका कुरा सबैलाई बताए।
चालीस दिनपछि, योसेफ र मरियमले प्रभु येशूलाई यरूशलेमको मन्दिरमा ल्याए। त्यहाँ बालक प्रभु येशूलाई देखेर शिमियोन नाम गरेका मानिसले परमेश्वरको प्रशंसा गरे र परमप्रभुकी अर्की दासी वृद्ध हन्नाले परमेश्वरलाई धन्यवाद चढाइन्। ती दुवैले प्रभु येशू परमेश्वरका पुत्र, प्रतिज्ञा गरिनुभएका उद्धारकर्ता हुनुहुन्थ्यो भनी थाहा पाए। योसेफले दुईवटा चरा बलिदान चढाए। योचाहिँ गरिब मानिसहरूले नवजात शिशुलाई परमप्रभुकहाँ अर्पण गर्न ल्याउँदा चढाउनुपर्ने भेटी थियो।
केही समयपछि एउटा विशेष ताराले यरूशलेमको पूर्वतिरको देशका ज्ञानी मानिसहरूलाई अगुवाइ गर्यो। “यहूदीहरूका राजा भई जन्मने कहा हुनुहुन्छ?” तिनीहरूले सोधे। “हामी उहाँलाई दण्डवत् गर्न आएका छौं।”
हेरोद राजा ती मानिसहरूका कुरा सुनेर आत्तिए। प्रभु येशूलाई भेट्टाएपछि आफूलाई पनि जानकारी दिन तिनले ती मानिसहरूलाई अनुरोध गरे। “म पनि तिनलाई दण्डवत् गर्नेछु,” हेरोदले भने। तर तिनले झूटो बोलिरहेका थिए। हेरोदले त प्रभु येशूलाई मार्न चाहेका थिए।
त्यो ताराले ती ज्ञानी मानिसहरूलाई मरियम र योसेफ नवजात शिशुलाई लिएर बसेकै घरमा पुर्यायो। घुँडा टेखेर दण्डवत् गरी ती यात्रीहरूले प्रभु येशूलाई सुन र अत्तरका बहुमूल्य उपहारहरू दिए।
परमेश्वरले ती ज्ञानी मानिसहरूलाई गोप्य तरिकाले घर फर्कन चेताउनी दिनुभयो। हेरोद क्रोधित भए। प्रभु येशूलाई नाश पार्ने अठोट गरेका ती दुष्ट शासकले बेथलेहेमका सबै बालकहरूलाई मारे।
तर हेरोदले परमेश्वरका पुत्रलाई हानि पुर्याउन सकेनन्! सपनामा चेताउनी पाएर योसेफले मरियम र प्रभु येशूलाई सुरक्षाको निम्ति मिश्रदेशमा लगे।
हेरोदको मृत्यु भएपछि योसेफले मरियम र प्रभु येशूलाई मिश्रदेशबाट फर्काएर ल्याए। उहाँहरू गालील समुद्रको नजिकै पर्ने नासरत भनिने सानो नगरमा बसोवास गर्नुभयो।
समाप्त
धर्मशास्त्र
यस योजनाको बारेमा

यो सबै कसरी सुरु भयो? हामी कहाँ बाट आयो? संसारमा किन यति दुखाइ छ? कुनै आशा छ? त्यहाँ मृत्यु पछि जीवन छ? संसारको यो वास्तविक इतिहास पढ्ने जवाफहरू फेला पार्नुहोस्।
More
हामी Bible for Children, Inc लाई यो योजना प्रदान गर्नुभएकोमा धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://bibleforchildren.org/languages/nepali/stories.php
Related Plans

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली

प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका

परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य

उद्धार

बोलावट

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना

ग्रेसको गान (Anthem of Grace)

पुनस्थापनालाई रोज्नु

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु
