बालबालिकाहरूका लागि बाइबलकोSample

नोआ परमेश्वरको आराधना गर्ने मानिस थिए। अरू सबैले परमेश्वरलाई घृणा र अवज्ञा गर्दथे। एक दिन परमेश्वरले एउटा अचम्मको कुरा भन्नुभयो। “म यो दुष्ट संसारलाई नाश पार्नेछु,” परमेश्वरले नोआलाई भन्नुभयो। “तेरो परिवारमात्र बचाइनेछ।”
जलप्रलय आउनेछ र पृथ्वीलाई ढाक्नेछ भनी परमेश्वरले नोआलाई चेताउनी दिनुभयो। “तेरो परिवार र धेरै जनावरहरू अटाउने गरी काठको एउटा ठूलो जहाज बना,” नोआलाई आदेश दिइयो। परमेश्वरले नोआलाई ठीकठीक निर्देशनहरू दिनुभयो। अनि नोआ त्यही काममा व्यस्त भए!
नोआले त्यो जहाज बनाउनुको कारण व्याख्या गर्दा मानिसहरूले खिसी गरे होलान्। तर नोआले बनाउन छोडेनन्। तिनले मानिसहरूलाई परमेश्वरको बारेमा पनि बताइरहे तर कसैले पनि सुनेन।
नोआको विश्वास अति ठूलो थियो। पहिला कहिल्यै पानी नपरेको भए पनि तिनले परमेश्वरमाथि विश्वास गरे। छिट्टै नै जहाज सरसामान राख्नको निम्ति तयार भयो।
अब जनावरहरू भित्र आए। परमेश्वरले कुनै जातिका सातवटा त कुनैका दुईवटा जनावर भित्र ल्याउनुभयो। ठूला र साना चराहरू, होचा र अग्ला जनावरहरू त्यो जहाजभित्र आए।
नोआले जनावरहरूलाई जहाजभित्र राख्दा मानिसहरूले चर्को स्वरमा तिनको निन्दा गरे होलान्। तिनीहरूले परमेश्वरविरुद्ध पाप गर्न छोडेनन्। तिनीहरू जहाजभित्र आउन मानेनन्।
अन्त्यमा सबै जनावरहरू र चराहरू जहाजभित्र आए। “जहाजभित्र आऊ,” परमेश्वरले नोआलाई बोलाउनुभयो। “तिमी र तिम्रा परिवार।”नोआ, तिनकी श्रीमती, तिनका तीनजना छोराहरू र तिनीहरूका श्रीमतीहरू जहाजभित्र आए। त्यसपछि परमेश्वरले जहाजको ढोका थुनिदिनुभयो!
त्यसपछि पानी पर्यो। पृथ्वीमा चालीस दिन र चालीस रात मुसलधारे पानी वर्षियो।
सहर र गाउरुहरू डुबे। पानी रोकिँदा पहाडहरूसमेत डुबेका थिए। स्वास फेर्ने हरेकजीव मर्यो।
पानी बढ्दै जाँदा जहाज तैरियो। भित्र अध्यारो थियो होला, जहाज हल्लियो होला र डरलाग्दो अवस्था आयो होला। तर त्यो जहाजले नोआलाई जलप्रलयदेखि जोगायो।
पाँच महिनासम्म बाढी आएपछि परमेश्वरले सुक्खा बनाउने बतास पठाइदिनुभयो। बिस्तारै त्यो जहाज आरारात पहाडमाथि अडियो। नोआ पानीको सतह नघटेसम्म अझै चालीस दिन जहाजभित्रै बसे।
नोआले एउटा काग र एउटा ढुकुरलाई जहाजको झ्यालबाट बाहिर पठाए। बस्नको लागि सुक्खा सफा ठाउँ नपाएर ढुकुर नोआकहाँ फर्केर आयो।
एक हप्तापछि नोआले फेरि ढुकुरलाई पठाए। चुच्चोमा जैतुनको मुना लिएर ढुकुर फर्किआयो। अर्को हप्ता ढुकुर फर्केर आएन, त्यसैले पृथ्वी सुक्खा भएको कुरा नोआले थाहा पाए।
अब जहाजबाट बाहिर निस्कने बेला भएको थियो भनी परमेश्वरले नोआलाई भन्नुभयो। नोआ र तिनका परिवारले मिलेर जनावरहरूलाई बाहिर निकाले।
नोआ कति धन्यवादी भए होलान्! तिनले एउटा वेदी बनाए र परमेश्वरको आराधना गरे जसले भयानक जलप्रलयबाट तिनी र तिनका परिवारलाई बचाउनुभएको थियो।
परमेश्वरले नोआसँग एउटा आश्चर्यजनक प्रतिज्ञा गर्नुभयो। उहाँले मानिसको पापको न्याय गर्न फेरि कहिल्यै जलप्रलय पठाउनुहुनेथिएन। परमेश्वरले आफ्नो प्रतिज्ञा स्मरण गराउने एउटा महान् चिन्ह दिनुभयो। परमेश्वरको प्रतिज्ञाको चिन्हचाहिँ इन्द्रेणी थियो।
जलप्रलयपछि नोआ र तिनका परिवारले नयाँ जीवन पाए। केही समयपछि तिनका सन्तानले सारा पृथ्वी ढाकियो। संसारका सबै जातिहरू नोआ र तिनका सन्तानबाट आएका हुन्।
समाप्त
यस योजनाको बारेमा

यो सबै कसरी सुरु भयो? हामी कहाँ बाट आयो? संसारमा किन यति दुखाइ छ? कुनै आशा छ? त्यहाँ मृत्यु पछि जीवन छ? संसारको यो वास्तविक इतिहास पढ्ने जवाफहरू फेला पार्नुहोस्।
More
हामी Bible for Children, Inc लाई यो योजना प्रदान गर्नुभएकोमा धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://bibleforchildren.org/languages/nepali/stories.php
Related Plans

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली

प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका

परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य

उद्धार

बोलावट

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना

ग्रेसको गान (Anthem of Grace)

पुनस्थापनालाई रोज्नु

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु
