प्रेम एक व्यक्ति होनमूना
अर्को व्यक्तिलाई माया गर्नु एक जोखिम कुरा हो, किनभने त्यहाँ कुनै ग्यारेन्टी छैन कि हामीले पनि त्यस्तै प्रेम पाउछौँ भनेर। अर्कोलाई माया गर्न बहादुरी र साहस चाहिन्छ। अवस्य, हाम्रो कुरामा सहमत भएका र उही खालेको जीवनशैली जिउनेहरूलाई माया गर्न सजिलो छ। अपरिचितहरूलाई माया गर्न एकदम सजिलो छ। तर यो साँच्चै गाह्रो छ कि हामीसँग नजिक भएकाहरूलाई निरन्तर माया गर्न किनभने तिनीहरूले हामीलाई चोट पुर्याउन सक्छन्, र गर्न सक्छन्। जब हामी दुखित हुन्छौँ, हामी एक कदम पछि हट्न सक्छौँ र चोट लाग्ने डरले हाम्रो प्रेमलाई रोक्न सक्छौँ, दुष्ट चक्रलाई निरन्तरता दिन्छ।
तर १ कोरिन्थी १३:७ TPT ले हामीलाई बताउँछ
"...प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ।"
डर प्रेमको विपरीत हो। डर त्यहाँ टिक्न सक्दैन जहाँ परमेश्वरको प्रेम प्रशस्त हुन्छ, र उहाँको प्रेम तपाईमा प्रशस्त हुन्छ!
हाम्रो निराशामा पनि, हामी आफैलाई उठाउन र अगाडि बढ्न रोज्न सक्छौँ, किनभने प्रेम कहिल्यै पराजित हुँदैन! प्रेम गारो अवस्थामा पनि रहन्छ। यसले कहिल्यै जान दिदैन। जब चीजहरू खराबबाट खत्तम हुँदै जान्छ, प्रेम सधैँ अगाडी बढ्छ, कहिल्यै पछाडी जादैन।
प्रेमले कहिल्यै हार मान्दैन। यसले सहन्छ र कुनै पनि छोड्ने बिन्दुलाई पछाडि धकेल्छ। जब हामी त्याग्न तयार हुन्छौँ, प्रेम भविष्यको लागि आशाको साथ हाम्रो परिस्थितिहरू भन्दा पर पुग्छ। यो आशा कुनै चीजको लागि व्यर्थको इच्छा होइन जुन हुन सक्छ वा नहुन सक्छ, तर यो निश्चित विश्वास हो जुन परमेश्वरले देख्नुहुन्छ र काममा हुनुहुन्छ, हामीले राम्रो नतिजाको कल्पना गर्न नसक्दा पनि।
प्रेमले सबैभन्दा कठिन परिस्थितिको लागि आश्रयको रूपमा आशा प्रदान गर्दछ।
- निम्न छिमेकीको लागि।
- चुनौतीपूर्ण पालनपोषण बच्चाको लागि।
- तपाईको सबैभन्दा ठूलो रिस उठ्ने सहकर्मीको लागि।
- तपाईको पति वा पत्नीका लागि जसलाई कसरी प्रेम गर्ने थाहा छैन।
हामीले हाम्रो प्रेमलाई आशामा राख्न अनुमति दिँदा, कुनै पनि कुराले यसलाई हराउन सक्दैन किनभने "प्रेमको कहिल्यै अन्त्य हुँदैन।"१ कोरिन्थी १३:८ TPT
प्रेम आशामा अवस्थित छ:
तपाईको शत्रु शैतानको एउटा उद्देश्य छ: तपाईलाई प्रेमबाट टाढा लैजाने, किनकि शैतान प्रेम र परमेश्वरको विरोधी हो। उसले अथक रूपमा डर र पराजयलाई कानेखुशी गर्छ जुन मौकामा तपाईले हार मान्नु हुन्छ र त्यससँग सम्झौता गर्नुहुन्छ कि तपाईको अवस्था हार खाएको हो भनेर। उसले तपाईको प्रभाव चोर्न, तपाईको आशा मार्न र तपाईको प्रेमलाई नष्ट गर्न चाहन्छ। यदि त्यसले त्यो गर्यो भने, त्यसले जित्यो। हामी सचेत हुनुपर्छ र प्रेमको लागि बलियो छनौट गरेर त्यसको विरुद्धमा दृढ हुनुपर्छ।
दुई राज्यको टक्करमा, प्रेम त्यो शक्ति हो जसले अन्धकारलाई पछाडि धकेल्छ र शत्रुलाई समाप्त गर्छ। जब मानिसहरू असभ्य र निर्दयी हुन्छन्, तिनीहरूलाई जसरी पनि माया गर्ने छनौट गर्नुहोस्। जब द्वन्द्व आउँछ, माफी माग्नुहोस् र क्षमा गर्नुहोस्, र प्रेमलाई रोज्नुहोस्।
प्रेम एक धेरै उच्च बोलावोट हो तर यो हाम्रो पहुँच बाहिर भने छैन, किनकि हामीलाई हाम्रो आफ्नै स्रोत वा क्षमताहरूबाट प्रेम गर्न भनिएको थिएन। सबै चीजहरूमा जस्तै, हामीले अभ्यास गर्दा, हामी अझ राम्रो हुनेछौँ। हामी बलियो हुनेछौँ। हामीले सोचेको भन्दा बाहिर जानेछौँ।
प्रेम एक व्यक्ति हो। जब हामी उहाँमा सम्मिलित हुन्छौँ, हामी आफैलाई गुमाउने डर बिना नै अरूलाई माया गर्न र दिन कायम राख्न सक्छौँ।
"म तिमीहरूलाई यो आज्ञा दिँदछु, कि तिमीहरूले एक-अर्कालाई प्रेम गर।" येशूले, यूहन्ना १५:१७ TPT
१ कोरिन्थी १३ मा पावलले लेखेका प्रेमका यी उदाहरणहरू प्रेमका विशेषताहरू पूर्ण छैनन्, किनकि तपाईको लागि उहाँको प्रेमको गहिराइ धर्मशास्त्रमा प्रस्तुत गरिएको छ। उहाँ को हुनुहुन्छ र उहाँले तपाईको बारेमा के भन्नुहुन्छ भन्ने बारे थप पत्ता लगाउन उहाँको वचनमा गहिरो रूपमा खन्ने क्रममा, म प्रार्थना गर्छु कि अरूप्रतिको तपाईको प्रेम बढ्दै जाओस्।
तपाई रोबिनसँग जोडिनको लागी इन्स्टाग्राम @manymeadows वा manymeadows@gmail.com
हामी आशा गर्छौँ कि यो योजनाले तपाईलाई प्रोत्साहित गरेको छ। YouVersion बाट अन्य स्रोतहरू अन्वेषण गर्नुहोस्
यस योजनाको बारेमा
येशूका अनुयायीहरूको रूपमा हामी विश्वास गर्छौँ कि परमेश्वर प्रेम हुनुहुन्छ, तर अक्सर अरूलाई प्रेम गर्ने हाम्रो क्षमता चरम चुनौती हो। हुनसक्छ यो किनभने प्रेम भावना वा बलियो भावना मात्र होइन। प्रेम भनेको मान्छे हो । १ कोरिन्थी १३ मार्फत यात्रा गर्नुहोस् र प्रेमको व्यक्तिलाई पत्ता लगाउनुहोस् र कसरी उहाँद्वारा, हामी अरूलाई अझ राम्रोसँग प्रेम गर्न सक्छौँ।
More