परमेश्वरलाई सुन्नुनमूना

अपरिचित खतरा
ख्रीष्टको शरीरमा धेरैजना अपरिचित व्यक्तिको आवाजको छलको बढ्दो जोखिममा परेका छन्। प्रतिस्पर्धात्मक, अधर्मी बकबकका कारणले गर्दा परमेश्वरको आवाज सुन्नु साँच्चै चुनौतीपूर्ण रहेको छ। दुर्भाग्यवश, तिनीहरूले परमेश्वरको चरित्र र उहाँको वचनमा सिकाउनुहुने सत्यमाथि शंका गर्न थाल्छन्।
हामीले यस समस्याको उत्पत्ति बगैंचाकी बासिन्दाबाट शुरु भएको देख्छौं जसको नाम हो, हव्वा
र मलाई अचम्म लाग्छ।
किन हव्वाले सर्पको धूर्त कुराहरू सुन्न मन पराइन्?
यो अपरिचित व्यक्तिको आवाज हो भनेर उसले किन चिन्न सकिनन्?
मलाई अचम्म लाग्छ. हव्वाले आफ्नो परमेश्वरलाई कत्तिको राम्ररी चिनेकि थिइन्? उनी त शत्रुको झूटबाट सजिलै प्रभावित भइन्।
किन हव्वा तुरुन्तै छलमा परिन्? ?
म विश्वास गर्छु कि हव्वालाई सत्य थाहा भएता पनि, उनी सत्यमा दृढ थिइनन्। परमेश्वरले के भन्नुभयो भन्ने कुरा उनलाई थाहा थियो तर उहाँ को हुनुहुन्छ भनेर कहिल्यै पूर्ण रूपमा बुझिनन् – जो पूर्णरूपमा भरपर्दो र असल हुनुहुन्छ। उनले यो बुझिनन् कि परमेश्वरले राम्रो कुरालाई कहिल्यै रोक्नुहुन्न ।
निषेघ गरिएको फल खानु अघि, उनी खराबीबाट अनजान थिइन्, झूटको बारेमा अनजान थिइन्, र आफ्नो बुबाप्रति अनाज्ञाकारि हुन छल गरिदैछ भन्नेकुरामा अन्जान थिइन्।
तर यो हाम्रो लागि सत्य होइन! हामी अनभिज्ञ छैनौं! परमेश्वरलाई प्रशंसा होस् कि, हामीसँग परमेश्वरको वचन हाम्रो सत्य मार्गदर्शकको रूपमा छ, पवित्र आत्मा (सत्यको आत्मा) हाम्रो सल्लाहकारको रूपमा, र ख्रीष्ट येशू हाम्रो मुक्तिदाता र साँचो न्यायकर्ताको रूपमा हुनुहुन्छ!
तैपनि, हव्वाले जस्तै हामी पनि अपरिचित व्यक्तिको झूट सुन्न आर्कषित हुन्छौ । किन?
एउटा कारण हो, प्रायः हामी हाम्रो आफ्नै “मनोरञ्जन” मार्फत शत्रुको झूटको मनोरञ्जन गर्छौं। टिभी, इन्टरनेट, चलचित्र, पुस्तकहरू र पत्रिकाहरू, जहाँ प्रायः परमेश्वरको आवाज हुददैन, यसैले समाजलाई ढाकेको छ। जे होस्, हामी यी ईश्वरहीन, झूटो आवाजहरूसँग कैयौ घण्टा बिताउछौं अनि फलस्वरूप हाम्रा दिमाग र हृदयहरू जीवित, सक्रिय, र परमेश्वरको प्रेरित वचनबाट पातलो, प्रदूषित, र कुपोषित हुन्छन्!
हामीले हाम्रो गोठालोलाई चिन्नुपर्छ! हामीले उहाँको हरियो खर्कबाट पोषण पाउन आवश्यक छ। उहाँको आवाज पछ्याउनको लागि हामीले उहाँको नजिक आउन आवश्यक छ।
भोलिको अन्तिम डिभोसन नछुटाउनुहोस्, किनकि हामी “गोठालोलाई चिन्ने!” बारे उपयोगी अन्तर्दृष्टिहरूका साथ समाप्त गर्नेछौं।
बुबालाई सोध्नुहोस् : के म तपाईं वा तपाईंबाट नभएका अन्य आवाजहरू सुन्दै छु कि?
आजको गीत: “My Heart Is Yours” Kristian Stanfill
धर्मशास्त्र
यस योजनाको बारेमा

एमी ग्रोशेलले यो सात दिने बाइबल पाठलाई यो आशामा लेख्नुभएको छ कि यो सन्देश, हाम्रो प्रेमिलो बुबाको हृदयबाट तपाईंको हृदयसम्म पुगोस्। उहाँको प्रार्थना यो हो कि यसले तपाईंलाई विरोधको आवाजबाट बच्न सिकाउँछ र उहाँको आवाजमा ध्यान केन्द्रित गर्न तपाईंलाई जगाउँछ।
More
सम्बन्धित भक्त्ति पाठहरू

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना

इस्टर नै क्रुस हो - 8 दिने भिडियो योजना

प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका

परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु

ग्रेसको गान (Anthem of Grace)

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली

इस्टर नै क्रुस हो - 4 दिने भिडियो योजना
