YouVersion लोगो
खोज आइकन

Plan Info

बाइबल आइकनGet the app

परमेश्‍वरलाई सुन्नुSample

Listening To God

दिन 4 को 7

आफ्नै इच्छाद्धारा छलिएको ।

पापको उत्पत्ति यी झूटहरूबाट सुरु भयोः परमेश्वर असल हुनुहुन्न, उहाँलाई विश्वास गर्न सकिँदैन, र उहाँले हामीलाई मद्दत गर्नुहुन्न । पक्कै पनि यो किसिमको छल आज पनि जारी छ । र यदि यसो भन्नु अनुपयक्त नहोला कि हव्वा जस्तै, हाम्रो स्वभाविक लालसाहरु यी झूटको शक्तिसँग सामेल हुन्छन्! शैतानले हामीलाई परमेश्वरबाट अलग गर्ने प्रयास गर्नको लागि यो सबै छलको आवश्यकता पर्छ ।

हव्वाले फल देखिन् र सोचिन् कि यो साँच्चै राम्रो र मनमोहक देखिन्छ । उनी आत्मज्ञान, बुद्धि, र सम्भवतः शक्तिको चाहबाट पनि प्रलोभनमा परिन् । तिमी परमेश्वरजस्तै हुनेछौ ।दाजुभाइहरु, उनी ठगिइन्!

अनि तपाईंँलाई नि? आफ्नो आँखाको अभिलाषा र आफ्नो सीमित समझले तपाई कति पटक पराजित हुनुभयो? म तपाईलाई त्यो प्रश्नले निराश पार्न खोजिरहेको छैन, तर तपाईलाई सचेत गराउँछु किनकि, साथी, यो त्यसो हुनुहुँदैन!

परमेश्वरको आवाजसँग जोडिएको जीवन भनेको हामीले उहाँलाई स्वीकार गर्न उहाँका निर्देशनहरू पालना गर्नु हो । प्रत्येक पलको लागि उहाँलाई महिमा, धन्यवाद, र प्रशंसा दिनुहोस् किनभने उहाँ तपाईंसँग हुनुहुन्छ! यस पवित्र सम्बन्धको अर्थ हामी हरेक परिस्थितिमा उहाँमा हाम्रो भरोसा राख्छौं र हाम्रो हृदय र दिमागलाई धोका दिने सबै कुराबाट हाम्रो कान र आँखा बन्द गर्छौं ।

यो संसार मेरो पनि होइन र तपाईंको पनि होइन! नयाँ स्वर्ग र पृथ्वी तिनीहरूको पर्खाइमा छन्, जसले धैर्यताका साथ आफ्ना मुक्तिदातामा भरोसा राख्छन् । हामीले हरेक बहेर जाने खालका हावालाई पछ्याउनु पर्दैन । हामीले महत्वपूर्ण लाग्ने कुरा गुमाउन डराउनु पर्दैन किनभने हामीलाई थाहा छ कि महान र अनन्त इनामहरूले हामीलाई पर्खिरहेका छन् । र, हामी जान्दछौं कि हाम्रा परमेश्वर साँच्चै एक मात्र बहुमूल्य कुरा हुनुहुन्छ! उहाँ नै हाम्रो सर्वस्व हुनुहुन्छ । उहाँ हाम्रो पर्याप्तता र पूर्णता हुनुहुन्छ!

परमेश्वर पितालाई सोध्नुहास्ःमेरो मनको चाहना सधैं तपाईंको लागि होस् भनेर मैले केही गर्न वा जान्नु आवश्यक छ?

आजको आराधनाको निम्ति भजन सिफारिसः जिमी नीदमद्वारा “स्टेज खाली गर्नुहोस् ।

धर्मशास्त्र

Day 3Day 5

यस योजनाको बारेमा

Listening To God

एमी ग्रोशेलले यो सात दिने बाइबल पाठलाई यो आशामा लेख्नुभएको छ कि यो सन्देश, हाम्रो प्रेमिलो बुबाको हृदयबाट तपाईंको हृदयसम्म पुगोस्। उहाँको प्रार्थना यो हो कि यसले तपाईंलाई विरोधको आवाजबाट बच्न सिकाउँछ र उहाँको आवाजमा ध्यान केन्द्रित गर्न तपाईंलाई जगाउँछ।

More

हामी life.churchलाई यो योजना उपलब्ध गराइदिनु भएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। थप जानकारीको लागि यहाँ जानुहोस्ः www.life.church