YouVersion लोगो
खोज आइकन

२०/२०: देखिय। चुनियो। पठाइयो। क्रिस्टीन केन द्वारानमूना

20/20: Seen. Chosen. Sent. By Christine Caine

दिन 2 को 7

परमेश्‍वरले तपाईलाई चुन्नु भएको छ

"हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर र पिताको प्रशंसा होस्, जसले हामीलाई स्‍वर्गीय स्‍थानहरूमा हरेक आत्‍मिक आशिष्‌ले ख्रीष्‍टमा आशीर्वाद दिनुभएको छ। उहाँको सामुन्‍ने पवित्र र निष्‍कलङ्क होऔं भनेर संसारको उत्‍पत्तिभन्‍दा अघिबाटै उहाँले हामीलाई चुन्‍नुभयो। 5उहाँको इच्‍छाको लक्ष्यअनुसार ख्रीष्‍ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्‍ना सन्‍तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो, यस हेतुले कि उहाँले हामीलाई आफ्‍ना प्रिय पुत्रमा सित्तैँमा दिनुभएको आफ्‍नो महिमामय अनुग्रहको प्रशंसा होस्‌।" -एफिसी १:३-६ NNRV

"क्रिस्टिन?" आमाले सोध्नुभयो । "हामीले सत्य बोलिरहेका हुनाले, के तिमी सम्पूर्ण सत्य जान्न चाहन्छौ?"

त्यतिबेला म ३३ वर्षको थिएँ, र मलाई थाहा थियो कि मेरी आमाले त्यो प्रश्न सोध्नुको एउटा मात्र अर्थ हुन सक्छ।

म उसको घरमा दौडिएको थिएँ जुन मलाई थाहा थियो कि त्यो सत्य हुन सक्दैन। मेरो भाइ, जर्जले उसलाई धर्मपुत्रको रुपमा पालेको चिठी प्राप्त गरेको थियो। जर्जले आमालाई त्यो चिठी दिँदै गर्दा म आमाको अगाडिको ढोकामा हिँडेको थिएँ।

उहाँको हात कामेको म कहिल्यै बिर्सने छैन। उहाँको आँखा डरले भरियो । शब्दहरू निस्किएन। अनि त्यसपछि हामी सबैको आँखाबाट अत्यन्तै आँसु बग्न थाल्यो।

जब आमाले बोल्नु भयो उहाँको आवाजमा, मैले उहाँको मुटु टुटेको सुनेँ। "मलाई धेरै माफ गर, तिमीले यो कुरा यसरी थाहा गर्नु पर्यो, जर्ज। हामीले तिमीलाई चोट पुर्‍याउनुको मतलब कहिल्यै थिएन। तिम्रो बुवाले तिमीलाई माया गर्नुहुन्छ। म तिमीलाई माया गर्छु। यदि मैले तिमीलाई आफैले जन्म दिएको भए पनि मैले तिमीलाई यो भन्दा बढि माया गर्न सक्दिन थिन।"

मलाई भान्सा कोठामा गएको, खानालाई टेबलमा फैलाएको सम्झना छ, किनकि ग्रीक परिवारहरूले हरेक प्रकारको समस्या समाधान गर्ने एउटा तरिका हो: हामी हरेक परिस्थितिमा खान्छौँ।

जब म बक्लाभामा पुगेकी थिएँ तब आमाले मलाई त्यो सबै भन्न सक्ने प्रश्न सोध्नुभयो, र मलाई थाहा भयो। मलाई थाहा थियो। जवाफ खोज्दै उहाँको आँखा, मैले सोचेको कुरा बाहेक अरू केही होस् भन्ने चाहना गर्दै, मैले उहाँको लागि यो भनेको पाएँ: "मलाई पनि धर्मपुत्रीको रुपमा पालिएको थियो।"

केहि मिनेट पछि, उहाँले मलाई सबैभन्दा सुन्दर शब्दहरू भन्नु भयो। यस्तो शब्दहरू जसले मेरो मुटुलाई निको पारे। त्यसपछिका हप्ताहरूमा उहाँले मलाई ती कुराहरू दोहोर्याउनु भयो…

“मैले तिमीलाई चिन्नुभन्दा पहिले नै माया गरेको थिएँ।”

आजसम्म, म ती शब्दहरूको कदर गर्छु। ति मेरो आमाको हृदय थियो जसले मलाई थाहा दियो कि उहाँले मलाई हेर्न चाहनुहुन्थ्यो, मलाई खोज्नु भयो, र मलाई चुन्नु भयो, उहाँले मलाई देख्नु अघि नै।

जब म ती शब्दहरूको बारेमा सोच्दछु, म मेरो स्वर्गीय पिताको हृदय सुन्न सक्छु, जसले मलाई सधैं चाहनुभएको छ। जसले मलाई मेरी आमाले गर्नुभन्दा धेरै अघि नै चाहनु भएको थियो।

उही परमप्रभु जसले तपाईलाई पनि चुन्नु भएको छ।

प्रार्थना

परमेश्‍वर, मलाई तपाईको छोरीको रूपमा चुन्नु भएकोमा, र तपाईको पुत्र येशूलाई यस संसारमा मेरो भार उठाउन पठाउनु भएको लागी धन्यवाद। म प्रार्थना गर्दछु कि तपाईले मलाई अरूलाई देखेको जस्तो मात्र होइन, तर वास्तवमा विश्वासमा बाहिर निस्कन र तपाईको प्रेमले उनीहरूसम्म पुग्नको लागि शक्ति र साहस दिनुहोस्। तिनीहरूलाई तपाईद्वारा छानिएको महसुस गर्न मद्दत गर्नुहोस् । आमेन।

क्रिस्टिन केन द्वारा 20/20 देखि रूपान्तरित: Seen.Chosen.Sent। प्रतिलिपि अधिकार © 2019 क्रिस्टीन केन द्वारा। Lifeway Women को अनुमति संग पुन: छापिएको। सबै अधिकार सुरक्षित छन्।

दिन 1दिन 3

यस योजनाको बारेमा

20/20: Seen. Chosen. Sent. By Christine Caine

के तपाई परमेश्‍वरले देखेको महसुस गर्न सक्नुहुन्छ कि तपाईले मद्दत गर्न सक्नुहुन्न तर अरूलाई देख्न सक्नुहुन्छ? के तपाई आफ्नो दैनिक, सामान्य जीवनमा महत्त्वपूर्ण अनन्त प्रभाव भएको कल्पना गर्न सक्नुहुन्छ? क्रिस्टीन केनको यो 7-दिनको भक्तिले तपाईंलाई परमेश्‍वरले तपाईलाई कसरी देख्नुभएको छ, तपाईलाई छान्नुभएको छ र अरूलाई हेर्न पठाउनुभएको छ र परमेश्‍वरले उनीहरूलाई कसरी देख्नुहुन्छ भन्ने महसुस गर्न मद्दत गर्नेछ — २०/२० दर्शनको साथ।

More

हामी क्रिस्टिन केनलाई धन्यवाद दिन चाहन्छौँ - A21, Propel, CCM यो योजना प्रदान गर्नुभएकोमा। थप जानकारीको लागि, कृपया दिइएको लिंक हेर्नुहोस्: http://www.christinecaine.com/2020study