YouVersion लोगो
खोज आइकन

श्रेष्‍ठगीत 3:1-5

श्रेष्‍ठगीत 3:1-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

रातभर मेरो ओछ्यानमा मेरो हृदयले प्रेम गरेका प्रेमीलाई मैले खोजें, मैले उहाँलाई खोजें तर भेट्टाइनँ। म अब उठेर सहरतिर लाग्‍नेछु, गल्‍ली र चोकहरूतिर। मेरो हृदयले प्रेम गरेका प्रेमीलाई म खोज्‍नेछु। यसरी मैले उहाँलाई खोजें तर भेट्टाइनँ। सहरमा घुम्‍दै गरेका पहरेदारहरूले मलाई भेट्टाए। “के तपाईंले मेरो हृदयका प्रेमीलाई देख्‍नुभयो?” तिनीहरूलाई छोड़ेर अलिक परसम्‍म मात्र म अगि बढ़ेकी थिएँ कि मेरो हृदयका प्रेमीलाई मैले भेटें। मैले उहाँलाई मेरी आमाको घर, मलाई जन्‍म दिनुहुनेको कोठामा नल्‍याउञ्‍जेलसम्‍म नछोड़ीकन समातेर राखें। यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई आज्ञा गर्दछु, मैदानका मुडुली मृग र हरिणहरूको नाउँमा: आफूले नचाहेसम्‍म प्रेमलाई नउठाओ वा नजगाओ।

श्रेष्‍ठगीत 3:1-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

रातभरि मैले मेरो ओछ्यानमा मेरा हृदयको प्रेमीलाई खोजेँ; मैले उहाँको खोजी गरेँ, तर उहाँलाई भेट्टाइनँ। अब म उठेर सहरतिर जानेछु, गल्‍ली र चोकहरूहुँदो; मेरा हृदयको प्रेमीलाई खोज्नेछु। मैले उहाँलाई खोजेँ, तर उहाँलाई भेट्टाइनँ। सहरमा घुम्‍दै गरेका पहरेदारहरूले मलाई भेट्टाए; मैले सोधेँ, “तपाईंहरूले मेरा हृदयको प्रेमीलाई देख्नुभयो?” म तिनीहरूबाट केही पर मात्र के गएको थिएँ; मैले मेरा हृदयको प्रेमीलाई फेला पारेँ। मैले उहाँलाई च्याप्पै समातेँ र कतै जान दिइनँ, मेरी आमाको घरमा, मलाई जन्माउने मेरी आमाको कोठामा नपुगुन्जेल सँगै लिएर आएँ। हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई मैदानका मुडुली मृगीहरू र हरिणीहरूको नाममा शपथ खुवाएर आज्ञा गर्छु: उचित समय नभएसम्म प्रेमलाई नजगाओ, अथवा नबिउँझाओ।

श्रेष्‍ठगीत 3:1-5 पवित्र बाइबल (NERV)

राती मेरो ओछ्यानमा, म आफूले माया गरेको मानिस खोज्छु। मैले उसलाई खोजें, तर उसलाई पाउन सकिनँ। अब म उठ्छु, म शहर वरीपरी घुम्छु। म मेरा प्रेमीलाई शहरको गल्ली, र कुना कुनामा खोज्छु। मैले शहरका पालेहरूलाई भेटें, तर मैले उहाँलाई पाउँनु सकिनँ। मलाई पालेहरूले शहर घुम्दै गर्दा भेटे, मैले तिनीहरूलाई सोधें “के तिमीहरूले मेरा प्रेमीलाई देख्यौ?” जब म ती पालेहरूदेखि अलिक पर मात्र पुगेकी थिएँ, तब मैले मेरा प्रेमीलाई भेटें, मैले उहाँलाई समातें, र उहाँलाई मेरी आमाको घरमा लगें, अर्थात ती नारीको कोठामा, जसले मलाई आफ्नो गर्भमा राखेकी थिइन्। हे यरूशलेमका तरूणीहरू हो मसँग प्रतिज्ञा गर। हरिण र मृगहरूलाई साक्षी राखेर मलाई आफ्नो वचन देऊ कि म तयार नभए सम्म तिमीले, आफ्नो प्रेम ममा जागृत गर्ने छैनौ।

श्रेष्‍ठगीत 3:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हरेक रात सुत्‍दा, मैले मेरा प्रियतमलाई सपनामा देख्‍थें, मैले उनलाई खोज्‍दथें तर भेट्टाउँदैनथें। मैले सहर चाहारेर हेरें, त्‍यसका गल्‍ली र चोकतिर चाहारें। मैले मेरा प्रियतमलाई खोजें तर उनलाई भेट्टाइनँ। सहरमा गस्‍ती लाउने प्रहरीहरूले मलाई देखे। मैले तिनीहरूलाई सोधें, “के तपाईंहरूले मेरा प्रियतमलाई देख्‍नुभयो?” तिनीहरूलाई छोडेर केही हिंडेको मात्र थिएँ मैले मेरा प्रियतमलाई भेटें। मैले उनलाई समातें, मेरी आमाको घरमा, अँ, म जन्‍मेको कोठामा नपुर्‍याएसम्‍म मैले उनलाई छोडिनँ। हे यरूशलेमका स्‍त्रीहरू हो! मसँग वाचा बाँध, मृग र हरिणीका नाममा शपथ खाएर भन कि हाम्रा गहिरो प्रेममा हामीलाई बाधा नदेओ।