YouVersion लोगो
खोज आइकन

श्रेष्‍ठगीत 3:1-5

श्रेष्‍ठगीत 3:1-5 NNRV

रातभर मेरो ओछ्यानमा मेरो हृदयले प्रेम गरेका प्रेमीलाई मैले खोजें, मैले उहाँलाई खोजें तर भेट्टाइनँ। म अब उठेर सहरतिर लाग्‍नेछु, गल्‍ली र चोकहरूतिर। मेरो हृदयले प्रेम गरेका प्रेमीलाई म खोज्‍नेछु। यसरी मैले उहाँलाई खोजें तर भेट्टाइनँ। सहरमा घुम्‍दै गरेका पहरेदारहरूले मलाई भेट्टाए। “के तपाईंले मेरो हृदयका प्रेमीलाई देख्‍नुभयो?” तिनीहरूलाई छोड़ेर अलिक परसम्‍म मात्र म अगि बढ़ेकी थिएँ कि मेरो हृदयका प्रेमीलाई मैले भेटें। मैले उहाँलाई मेरी आमाको घर, मलाई जन्‍म दिनुहुनेको कोठामा नल्‍याउञ्‍जेलसम्‍म नछोड़ीकन समातेर राखें। यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई आज्ञा गर्दछु, मैदानका मुडुली मृग र हरिणहरूको नाउँमा: आफूले नचाहेसम्‍म प्रेमलाई नउठाओ वा नजगाओ।