रातभर मेरो ओछ्यानमा मेरो हृदयले प्रेम गरेका प्रेमीलाई मैले खोजें, मैले उहाँलाई खोजें तर भेट्टाइनँ। म अब उठेर सहरतिर लाग्नेछु, गल्ली र चोकहरूतिर। मेरो हृदयले प्रेम गरेका प्रेमीलाई म खोज्नेछु। यसरी मैले उहाँलाई खोजें तर भेट्टाइनँ। सहरमा घुम्दै गरेका पहरेदारहरूले मलाई भेट्टाए। “के तपाईंले मेरो हृदयका प्रेमीलाई देख्नुभयो?” तिनीहरूलाई छोड़ेर अलिक परसम्म मात्र म अगि बढ़ेकी थिएँ कि मेरो हृदयका प्रेमीलाई मैले भेटें। मैले उहाँलाई मेरी आमाको घर, मलाई जन्म दिनुहुनेको कोठामा नल्याउञ्जेलसम्म नछोड़ीकन समातेर राखें। यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई आज्ञा गर्दछु, मैदानका मुडुली मृग र हरिणहरूको नाउँमा: आफूले नचाहेसम्म प्रेमलाई नउठाओ वा नजगाओ।
श्रेष्ठगीत 3 पढ्नुहोस्
सुन्नुहोस् श्रेष्ठगीत 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: श्रेष्ठगीत 3:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू