राती मेरो ओछ्यानमा, म आफूले माया गरेको मानिस खोज्छु। मैले उसलाई खोजें, तर उसलाई पाउन सकिनँ। अब म उठ्छु, म शहर वरीपरी घुम्छु। म मेरा प्रेमीलाई शहरको गल्ली, र कुना कुनामा खोज्छु। मैले शहरका पालेहरूलाई भेटें, तर मैले उहाँलाई पाउँनु सकिनँ। मलाई पालेहरूले शहर घुम्दै गर्दा भेटे, मैले तिनीहरूलाई सोधें “के तिमीहरूले मेरा प्रेमीलाई देख्यौ?” जब म ती पालेहरूदेखि अलिक पर मात्र पुगेकी थिएँ, तब मैले मेरा प्रेमीलाई भेटें, मैले उहाँलाई समातें, र उहाँलाई मेरी आमाको घरमा लगें, अर्थात ती नारीको कोठामा, जसले मलाई आफ्नो गर्भमा राखेकी थिइन्। हे यरूशलेमका तरूणीहरू हो मसँग प्रतिज्ञा गर। हरिण र मृगहरूलाई साक्षी राखेर मलाई आफ्नो वचन देऊ कि म तयार नभए सम्म तिमीले, आफ्नो प्रेम ममा जागृत गर्ने छैनौ।
सुलेमानको श्रेष्ठगीत 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: सुलेमानको श्रेष्ठगीत 3:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू