रोमी 5:17-21
रोमी 5:17-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यदि एउटै मानिसको अपराधले गर्दा त्यस मानिसद्वारा मृत्युले राज्य गर्यो भनेता झन् बढ़ी प्रशस्त अनुग्रह र धार्मिकताका सित्तैँको वरदान पाउनेहरूले एउटै मानिस येशू ख्रीष्टद्वारा जीवनमा राज्य गर्नेछन्। यसैले जसरी एउटै मानिसको अपराधले सबै मानिसहरू दण्डका भागीदार बने, त्यसरी नै एउटै मानिसको धार्मिकताको कामले सबै मानिसका निम्ति धर्मी ठहराएर जीवन ल्याउँछ। किनकि जसरी एउटै मानिसको अनाज्ञाकारिताले धेरै जना पापी बनाइए, त्यसै गरी एकै जनाको आज्ञाकारिताद्वारा धेरै जना धार्मिक बनाइनेछन्। व्यवस्था आयो र अपराधको वृद्धि भयो, तर जहाँ पाप बढ़्यो अनुग्रह झन् बढ़ी मात्रामा बढ़्यो, यस हेतुले कि जसरी पापले मृत्युमा राज्य गर्यो, त्यसै गरी येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा अनुग्रहले धर्मी ठहराएर अनन्त जीवनसम्म राज्य गरोस्।

रोमी 5:17-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि जब एउटा मानिस आदमको अपराधको कारण त्यही एउटै मानिसद्वारा मृत्युले शासन गर्यो भने एउटै मानिस येशू ख्रीष्टद्वारा परमेश्वरको अनुग्रहको प्रशस्तताले र धार्मिकताको वरदानले जीवनमा कति बढी राज्य गर्नेछ! यसकारण जसरी एक जनाको अपराधले सबै मानिसमाथि दण्डको आज्ञा भयो, त्यसरी नै एक जनाको धार्मिकताको कार्यले पनि सबै मानिसहरूमा निर्दोषीकरण र जीवन ल्यायो। जसरी एक जना मानिसको अनाज्ञाकारिताले धेरै जना पापी ठहरिए, त्यसरी नै एक जनाको आज्ञाकारिताले धेरै जना धर्मी ठहराइनेछन्। व्यवस्था आयो, ताकि पाप बढोस्; तर जहाँ पाप बढ्यो, त्यहाँ अनुग्रह पनि झन् धेरै बढ्यो, ताकि जसरी पापले मृत्युमा राज्य गर्यो, त्यसरी नै येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा अनन्त जीवन ल्याउनलाई अनुग्रहले धार्मिकतामाथि राज्य गरोस्।
रोमी 5:17-21 पवित्र बाइबल (NERV)
एकजना मानिसको पापले गर्दा मृत्युले सबैमाथि राज गर्यो। यसकारण जसले परमेश्वरको पूर्ण अनुग्रह र उहाँको धार्मिकताको महान उपहार स्वीकार गर्छन् तिनीहरूले सत्य जीवन पाउँछन् र एक मात्र येशू ख्रीष्टद्वारा शासित हुन्छन्। यसैले एउटा मानिसको पापले सबै मानिसहरूमाथि मृत्युको दण्ड ल्यायो। तर त्यस्तै प्रकाले, ख्रीष्टले एउटा असल काम गर्नुभयो जुन कामले सबै मानिसहरूलाई धार्मिक बनाउँदछ र अनन्त जीवन ल्याउदछ। एकजना मानिसको अनाज्ञाकारीताले धेरै मानिसहरू पापी भए। तर त्यस्तै प्रकारले एकजना मानिसको अनाज्ञाकारीताले धेरै मानिसहरू धार्मिक बनाइन्छन्। पाप बढ़ला कि भनेर व्यवस्था बनियो। तर जति पाप बढ़दै गयो परमेश्वरको अनुग्रह अझै धेरै बढ़दै गयो। जसरी मृत्युले पापद्वारा शासन गरयो उसरी नै परमेश्वरको अनुग्रहले मानिसलाई धार्मिक बनाउन शासन गर्नेछ। यसले हाम्रा प्रभु येशू ख्रीष्टद्वारा अनन्त जीवन ल्याउने छ।
रोमी 5:17-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एउटा मानिसले पाप गर्दा मृत्युले सबै मानिसमाथि राज्य गर्यो। त्यसरी नै परमेश्वरले प्रशस्त दया गरेर मानिसलाई ठीक ठहराउनुभयो। यिनीहरू एउटै मानिस येशू ख्रीष्टद्वारा जिउनेछन् र विजयी जीवनमा राज्य गर्नेछन्। जसरी एउटै पापले सबै मानिस मृत्युदण्डका भागी भए, त्यसरी नै एउटै धार्मिक कामले सबै मानिस परमेश्वरको सामु ठीक ठहराइएर जीवन पाउने भए। एक जना आदमले आज्ञापालन नगर्दा धेरै जना पापी भए, त्यसै गरी एक जना ख्रीष्टको आज्ञापालनले धेरै जना परमेश्वरको सामु ठीक ठहरिने भए। पाप बढाउन व्यवस्था आयो। जहाँ पाप बढ्यो, त्यहाँ परमेश्वरको अनुग्रह झन् धेरै बढ्यो। त्यस बेला पापले मृत्युद्वारा मानिसमाथि राज्य गरेझैँ अहिले परमेश्वरको अनुग्रहले राज्य गर्दै छ। यही अनुग्रहले हामीलाई परमेश्वरको सामु ठीक ठहराएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा अजम्मरी जीवन दिंदै छ।