YouVersion लोगो
खोज आइकन

रोमी 5:17-21

रोमी 5:17-21 सरल नेपाली

एउटा मानिसले पाप गर्दा मृत्‍युले सबै मानिसमाथि राज्‍य गर्‍यो। त्‍यसरी नै परमेश्‍वरले प्रशस्‍त दया गरेर मानिसलाई ठीक ठहराउनुभयो। यिनीहरू एउटै मानिस येशू ख्रीष्‍टद्वारा जिउनेछन् र विजयी जीवनमा राज्‍य गर्नेछन्। जसरी एउटै पापले सबै मानिस मृत्‍युदण्‍डका भागी भए, त्‍यसरी नै एउटै धार्मिक कामले सबै मानिस परमेश्‍वरको सामु ठीक ठहराइएर जीवन पाउने भए। एक जना आदमले आज्ञापालन नगर्दा धेरै जना पापी भए, त्‍यसै गरी एक जना ख्रीष्‍टको आज्ञापालनले धेरै जना परमेश्‍वरको सामु ठीक ठहरिने भए। पाप बढाउन व्यवस्था आयो। जहाँ पाप बढ्यो, त्‍यहाँ परमेश्‍वरको अनुग्रह झन् धेरै बढ्यो। त्‍यस बेला पापले मृत्‍युद्वारा मानिसमाथि राज्‍य गरेझैँ अहिले परमेश्‍वरको अनुग्रहले राज्‍य गर्दै छ। यही अनुग्रहले हामीलाई परमेश्‍वरको सामु ठीक ठहराएर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा अजम्‍मरी जीवन दिंदै छ।

रोमी 5 पढ्नुहोस्