प्रकाश 22:3-5
प्रकाश 22:3-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अबदेखि उसो त्यहाँ कहिल्यै सराप हुनेछैन। परमेश्वर र थुमाको सिंहासन त्यहाँ हुनेछ, र उहाँका दासहरूले उहाँको आराधना गर्नेछन्। तिनीहरूले उहाँको मुहार देख्नेछन्, र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ। त्यहाँ फेरि रात हुनेछैन, तिनीहरूलाई बत्ती वा घामको उज्यालो चाहिनेछैन, किनकि परमप्रभु परमेश्वर नै तिनीहरूको उज्यालो हुनुहुनेछ, र तिनीहरूले सदासर्वदै राज्य गर्नेछन्।
प्रकाश 22:3-5 नेपाली समकालीन संस्करण (NCV)
त्यहाँ अब उप्रान्त श्राप हुनेछैन; किनभने त्यस शहरमा परमेश्वरको अनि थुमाको सिंहासन हुनेछ र उहाँका सेवकहरूले उहाँको सेवा गर्नेछन्। तिनीहरूले उहाँको अनुहार देख्नेछन्, अनि उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ। अब उप्रान्त रात हुनेछैन। तिनीहरूलाई बत्तीको उज्यालो र सूर्यको उज्यालोको आवश्यकता पर्नेछैन; किनकि प्रभु परमेश्वरले नै तिनीहरूलाई उज्यालो दिनुहुनेछ। अनि तिनीहरूले सदा-सर्वदा राज्य गर्नेछन्।
प्रकाश 22:3-5 पवित्र बाइबल (NERV)
परमेश्वरको सराप परेको कुनै वस्तुले त्यो नगरमा स्थान पाउने छैन। परमेश्वर अनि भेंडा़को पाठाको सिंहासन नगरमा रहने छ। परमेश्वरका सेवकहरूले उहाँलाई आराधना गर्नेछन्। तिनीहरूले उनको चेहरा देख्नेछन्। परमेश्वरको नाउँ तिनीहरूको निधारमा हुनेछ। त्यहाँ फेरि रात पर्ने छैन। मानिसहरूलाई सूर्यको प्रकाशको आवश्यकता पर्ने छैन। परमप्रभु परमेश्वरले तिनीहरूलाई प्रकाश दिनेछन्। अनि तिनीहरूले सदासर्वदा राजाहरूले जस्तै शासन गर्नेछन्।
प्रकाश 22:3-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरले श्राप दिनुभएको कुनै कुरा त्यो सहरमा पाइँदैन। परमेश्वरको र थुमाको सिंहासन सहरभित्र रहनेछ र उहाँका सेवकहरूले उहाँलाई पुज्नेछन्। तिनीहरूले परमेश्वरको अनुहार देख्छन् र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ। अनि त्यहाँ कहिले पनि रातपर्नेछैन, त्यहाँ बत्ती र घामको उज्यालोको खाँचोपर्नेछैन किनभने प्रभु परमेश्वर नै उनीहरूको उज्यालो हुनुहुनेछ र उनीहरूले सदासर्वदा राज गर्नेछन्।