भजनसंग्रह 87:1-7
भजनसंग्रह 87:1-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले पवित्र डाँडामा आफ्नो सहर बसाल्नुभयो! इस्राएलका अरू कुनै पनि सहरभन्दा उहाँले यरूशलेम सहरलाई बढ्ता प्रेम गर्नुहुन्छ। परमेश्वरको सहर, परमेश्वरले तिम्रो बारे भन्नुभएका उदेकका कुराहरू सुन: “मेरा आज्ञा मान्ने देशहरूको सूचीमा मिश्र र बेबिलोनका नामहरू हुनेछन्; पलिश्त, टुरोस र कूशका मानिसहरूको गन्ती यरूशलेमका बासिन्दाहरूसँग हुनेछ।” सियोनको बारेमा यसो भनिनेछ, सबै जातिहरू त्यसका हुन् र सर्वशक्तिमान् परमेश्वरले त्यसलाई बलियो बनाउनुहुनेछ। परमेश्वरले जाति-जातिका मानिसहरूको एउटा सूची बनाउनुहुनेछ र ती सबैलाई यरूशलेमका बासिन्दा मानी नाम लेखिनेछ। तिनीहरू नाच्नेछन् र गाउनेछन्, “हाम्रा सारा आशीर्वादको स्रोत सियोनमा छ।”
भजनसंग्रह 87:1-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वरले आफ्नो जग पवित्र पर्वतमा स्थापना गर्नुभएको छ। याकूबका सबै वासस्थानहरूभन्दा परमप्रभु सियोनका ढोकाहरूलाई बढ़ी प्रेम गर्नुहुन्छ। हे परमेश्वरको सहर, तिम्रो विषयमा महिमामय कुराहरू भनिएका छन्: सेला “मलाई स्वीकार गर्नेहरूमध्ये म राहाब र बेबिलोनलाई दर्ता गर्नेछु, पलिश्त, टुरोस र कूशलाई समेत, र भन्नेछु, ‘योचाहिँ सियोनमा जन्मेको थियो’।” सियोनको विषयमा चाहिँ यो भनिनेछ, “यो र त्यो त्यहीँ जन्मेका थिए, अनि सर्वोच्च प्रभुले नै त्यसलाई स्थापित गर्नुहुनेछ।” परमप्रभुले मानिसहरूका नाउँ दर्ता-बहीमा लेख्नुहुनेछ, “योचाहिँ सियोनमा जन्मेको थियो।” सेला सङ्गीत बजाउँदा तिनीहरूले गाउनेछन्, “मेरा सबै पानीका मूलहरू तँमा नै छन्।”
भजनसंग्रह 87:1-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले आफ्नो जग पवित्र पर्वतमा स्थापित गर्नुभएको छ। याकोबका सबै वासस्थानहरूलाई भन्दा उहाँले सियोनका ढोकाहरूलाई बढी प्रेम गर्नुहुन्छ। हे परमेश्वरको सहर, तेरो विषयमा प्रशंसामय कुराहरू भनिएका छन्: सेला “मलाई स्वीकार गर्नेहरूमध्ये राहाब र बेबिलोनलाई म सूचीमा राख्नेछु— पलिश्ती, टायर र कूशलाई समेत भन्नेछु, ‘योचाहिँ सियोनमा जन्मेको थियो।’ ” वास्तवमा सियोनको विषयमा चाहिँ यो भनिनेछ, “यो र त्यो त्यहीँ जन्मेका थिए, अनि सर्वोच्च परमेश्वरले नै त्यसलाई स्थापना गर्नुहुनेछ।” याहवेहले जाति-जातिहरूका नाम दर्ता-पुस्तकमा लेख्नुहुनेछ: “यसको जन्म सियोनमा भएको हो।” सेला सङ्गीत बजाउँदा तिनीहरूले गाउनेछन्: “मेरा सबै आशिष्का मूलहरू तँमा नै छन्।”
भजनसंग्रह 87:1-7 पवित्र बाइबल (NERV)
परमेश्वरले यरूशलेमको पवित्र पहाडहरूमा आफ्नो मन्दिर बनाउनु भयो। परमप्रभुले इस्राएलका अन्य ठाउँहरू भन्दा सियोनका प्रवेशद्वारहरू मनपराउनु हुन्छ। परमेश्वरको शहरका मानिसहरूले तिम्रो विषयमा प्रशंसनीय कुराहरू गर्दछन्। परमेश्वरले आफ्ना सबै मानिसहरूको सूची राख्नु भएको छ। ती मध्ये कतिपय मिश्र र बेबिलोनमा बस्दछन्। ती मध्ये कतिपय फिलिस्तिया, टायर र एथियोपियामा पनि जन्मेका थिए। परमेश्वरले सियोनमा जन्मेका प्रत्येक मानिसलाई चिन्नु हुन्छ। सर्वोच्च परमेश्वरले त्यो शहर बनाउनुभयो। परमेश्वरले आफ्ना सबै मानिसहरूका सूची राख्नु भएको छ। तिनीहरू कहाँ जन्मेका हुन् भन्ने कुरा परमेश्वरले जान्नु हुन्छ। परमेश्वरका मानिसहरू खास छुट्टीहरू मान्नलाई यरूशलेम जाँदछन्, र सुखी छन्, तिनीहरू गाइरहेछन् र नाचिरहेछन्, तिनीहरू भन्दछन्, “प्रत्येक असल कुराहरू यरूशलेमबाट आउँदछ।”