YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 87:1-7

भजनसंग्रह 87:1-7 सरल नेपाली

परमप्रभुले पवित्र डाँडामा आफ्‍नो सहर बसाल्‍नुभयो! इस्राएलका अरू कुनै पनि सहरभन्दा उहाँले यरूशलेम सहरलाई बढ्ता प्रेम गर्नुहुन्‍छ। परमेश्‍वरको सहर, परमेश्‍वरले तिम्रो बारे भन्‍नुभएका उदेकका कुराहरू सुन: “मेरा आज्ञा मान्‍ने देशहरूको सूचीमा मिश्र र बेबिलोनका नामहरू हुनेछन्; पलिश्‍त, टुरोस र कूशका मानिसहरूको गन्‍ती यरूशलेमका बासिन्‍दाहरूसँग हुनेछ।” सियोनको बारेमा यसो भनिनेछ, सबै जातिहरू त्‍यसका हुन् र सर्वशक्तिमान्‌ परमेश्‍वरले त्‍यसलाई बलियो बनाउनुहुनेछ। परमेश्‍वरले जाति-जातिका मानिसहरूको एउटा सूची बनाउनुहुनेछ र ती सबैलाई यरूशलेमका बासिन्‍दा मानी नाम लेखिनेछ। तिनीहरू नाच्‍नेछन् र गाउनेछन्, “हाम्रा सारा आशीर्वादको स्रोत सियोनमा छ।”

भजनसंग्रह 87 पढ्नुहोस्