YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 87:1-7

भजनसंग्रह 87:1-7 NCV

याहवेहले आफ्नो जग पवित्र पर्वतमा स्थापित गर्नुभएको छ। याकोबका सबै वासस्थानहरूलाई भन्दा उहाँले सियोनका ढोकाहरूलाई बढी प्रेम गर्नुहुन्छ। हे परमेश्‍वरको सहर, तेरो विषयमा प्रशंसामय कुराहरू भनिएका छन्: सेला “मलाई स्वीकार गर्नेहरूमध्ये राहाब र बेबिलोनलाई म सूचीमा राख्नेछु— पलिश्ती, टायर र कूशलाई समेत भन्‍नेछु, ‘योचाहिँ सियोनमा जन्मेको थियो।’ ” वास्तवमा सियोनको विषयमा चाहिँ यो भनिनेछ, “यो र त्यो त्यहीँ जन्मेका थिए, अनि सर्वोच्‍च परमेश्‍वरले नै त्यसलाई स्थापना गर्नुहुनेछ।” याहवेहले जाति-जातिहरूका नाम दर्ता-पुस्तकमा लेख्नुहुनेछ: “यसको जन्म सियोनमा भएको हो।” सेला सङ्गीत बजाउँदा तिनीहरूले गाउनेछन्: “मेरा सबै आशिष्‌का मूलहरू तँमा नै छन्।”

भजनसंग्रह 87 पढ्नुहोस्