भजनसंग्रह 85:4-7
भजनसंग्रह 85:4-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे हाम्रा उद्धार गर्ने परमेश्वर, हामीलाई पुनर्स्थापित गर्नुहोस्, र हामीप्रतिका तपाईंको अप्रसन्नता हटाइदिनुहोस्। के तपाईं हामीसित सधैँ क्रोधित रहनुहुन्छ? के तपाईं पुस्ता-पुस्तासम्म हामीसँग क्रोध गरी नै रहनुहुन्छ? के तपाईंका प्रजा तपाईंमा रमाऊन् भनेर हामीलाई पुनर्जागृत बनाउनुहुन्न? हे परमप्रभु, हामीलाई आफ्नो कहिल्यै नटुङ्गिने प्रेम देखाउनुहोस्, र हामीलाई तपाईंको उद्धार प्रदान गर्नुहोस्।
भजनसंग्रह 85:4-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे हाम्रा मुक्तिदाता परमेश्वर, हामीलाई पुनर्स्थापित गर्नुहोस्, र हामीप्रतिको तपाईंको अप्रसन्नता हटाइदिनुहोस्! के तपाईं हामीसित सधैँ रिसाइरहनुहुनेछ? के तपाईं पुस्तौँ-पुस्तासम्म नै क्रोध गरिरहनुहुनेछ? के तपाईं हामीलाई पुनर्जागृत बनाउनुहुन्न, ताकि तपाईंका प्रजा तपाईंमा रमाऊन्? हे याहवेह, आफ्नो अचुक प्रेम हामीलाई देखाउनुहोस्, र हामीलाई तपाईंको मुक्ति प्रदान गर्नुहोस्!

भजनसंग्रह 85:4-7 पवित्र बाइबल (NERV)
हाम्रो परमेश्वर अनि रक्षक, हामीमा क्रोधी हुनदेखि रोकिनु होस्, अनि हामीलाई फेरि ग्रहण गर्नुहोस्। के तपाई हामीसँग सधैँ क्रोधित हुनुहुन्छ? के तपाईंको क्रोध हामीहरूको छोरा-नाति सम्म रहनेछ? दया गरी हमीलाई नयाँ जीवन दिनुहोस्! तपाईंको मानिसहरूलाई खुशी बनाउँनु होस्। हे परमप्रभु! हामीलाई आपत्तिबाट बचाउनुँ होस्। हामीलाई देखाउनु होस् कि तपाईंले हामीलाई कति प्रेम गर्नु हुन्छ।
भजनसंग्रह 85:4-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमेश्वर, हाम्रा उद्धारक, हामीलाई फर्काई ल्याउनुहोस्, अब हामीसँग असन्तुष्ट नहुनुहोस्। के तपाईं सधैँभरि हामीसँग रिसाउनुहुने? तपाईंको रिस कहिल्यै मर्दैन र? हामीलाई फेरि बलियो बनाउनुहोस्, र हामी तपाईंका प्रजाले तपाईंको प्रशंसा गर्नेछौं। हे परमप्रभु! हामीलाई आफ्नो अटुट प्रेम देखाउनुहोस् र हामीलाई उद्धारपूर्ण मद्दत दिनुहोस्।