भजनसंग्रह 78:1-20
भजनसंग्रह 78:1-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे मेरा प्रजा, मेरा शिक्षातिर कान लगाओ, मेरो मुखका वचनमाथि ध्यान देओ। म मेरो मुख दृष्टान्तमा खोल्नेछु, प्राचीनका भेदका कुराहरू सुनाउनेछु, ती जुन कुराहरू हामीले सुनेका र जानेका छौं, र जुन कुरा हाम्रा पिता-पुर्खाहरूले हामीलाई भनेका छन्। हामी यी कुराहरू तिनीहरूका छोराछोरीहरूबाट लुकाएर राख्नेछैनौं, तर आउने पुस्तालाई परमप्रभुका महिमामय कार्यहरू र उहाँको सामर्थ्य अनि उहाँले गर्नुभएका आश्चर्यपूर्ण कामहरूको वर्णन गर्नेछौं। उहाँले याकूबको निम्ति कानूनहरू कायम राख्नुभयो, र इस्राएलमा एउटा व्यवस्था स्थापना गर्नुभयो। आफ्ना सन्तानहरूलाई यी कुरा सिकाऊन् भनेर, उहाँले हाम्रा पिता-पुर्खाहरूलाई हुकुम दिनुभयो, कि आउँदो पुस्ताले यी कुरा जानून्, र अझ नजन्मेका शिशुहरूले पनि यी कुरा जानून्, र तिनीहरूले आफ्ना सन्तानलाई पनि यी कुरा भनून्। यसरी तिनीहरूले परमेश्वरमा भरोसा राख्नेथिए, र उहाँका कार्यहरू बिर्सनेथिएनन्, तर उहाँका आज्ञाहरू पालन गर्नेथिए। तिनीहरू आफ्ना पिता-पुर्खाझैँ हठी र विद्रोही पुस्ता नहोऊन्, जसका हृदयहरू परमेश्वरतर्फ बफादार थिएनन्, र जसका आत्मा परमेश्वरतर्फ विश्वस्त थिएनन्। एफ्राइमका मानिसहरू धनुले सुसज्जित थिए, तर लड़ाइँको दिनमा तिनीहरूले पिठिउँ फर्काए। तिनीहरूले परमेश्वरको करार पालन गरेनन्, र उहाँको व्यवस्थामा चल्न इन्कार गरे। तिनीहरूले उहाँका कामहरूलाई बिर्से, ती आश्चर्य कामहरू जुन उहाँले तिनीहरूलाई देखाउनुभएको थियो। तिनीहरूका पिता-पुर्खाका नजरको सामुन्ने उहाँले मिश्रदेशमा र सोअनको मैदानमा अचम्म-अचम्मका कामहरू गर्नुभयो। उहाँले समुद्रलाई दुई भाग गर्नुभयो, र तिनीहरूलाई बीचबाट पारि डोर्याउनुभयो, र उहाँले पानीलाई पर्खालझैँ खड़ा गरिदिनुभयो, दिउँसो उहाँले तिनीहरूलाई बादलले र रातभरि अग्निको प्रकाशले अगुवाइ गर्नुभयो। उहाँले उजाड-स्थानमा चट्टानहरूलाई दुई भाग पार्नुभयो, र सागरमा झैँ प्रशस्त पानी पिउन दिनुभयो। उहाँले चट्टानबाट पानीको धारा निकाल्नुभयो, र पानी नदीझैँ बगाउनुभयो। तर मरुभूमिमा तिनीहरू सर्वोच्च प्रभुको विरुद्धमा विद्रोही भई उहाँको विरुद्धमा पाप गरी नै रहे। आफ्नै इच्छाबमोजिम खानेकुरा मागेर तिनीहरूले जानी-जानी परमेश्वरको परीक्षा गरे। तिनीहरूले परमेश्वरको विरुद्धमा यस्तो वचन बोले, “के परमेश्वरले उजाड-भूमिमा खानेकुरा दिन सक्नुहुन्छ र? जब उहाँले चट्टानलाई हिर्काउनुभयो, तब पानी फुटिनिस्क्यो, र खोलाहरू प्रशस्त भई बगे। तर के उहाँले हामीलाई भोजन पनि दिन सक्नुहुन्छ र? के उहाँले आफ्ना मानिसहरूका निम्ति मासु जुटाउन सक्नुहुन्छ र?”

भजनसंग्रह 78:1-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे मेरा मानिसहरू हो, मेरा शिक्षातिर ध्यान दिएर सुन; मेरा मुखका वचनहरूतिर ध्यान लगाओ। म मेरो मुख दृष्टान्तमा बोल्नलाई खोल्नेछु; म प्राचीनका कुराहरूबाट गुप्त कुराहरू भन्नेछु— हामीले ती कुराहरू सुनेका र जानेका छौँ, जुन कुरा हाम्रा पितापुर्खाहरूले हामीलाई बताएका छन्। हामी ती कुराहरूलाई तिनीहरूका छोराछोरीहरूबाट लुकाउनेछैनौँ; हामी आउने पुस्तालाई याहवेहका प्रशंसायोग्य कामहरू, उहाँको शक्ति र उहाँले गर्नुभएका अद्भुत कार्यहरूको बारेमा वर्णन गर्नेछौँ। उहाँले याकोबको निम्ति विधि-विधानहरू कायम गर्नुभयो, र इस्राएलमा व्यवस्था स्थापित गर्नुभयो; यी कुराहरू आफ्ना छोराछोरीहरूलाई सिकाउनु भनेर उहाँले हाम्रा पितापुर्खाहरूलाई आज्ञा दिनुभयो; ताकि यी कुराहरू आउँदा पुस्ताले जानून्, यी कुराहरू नजन्मेका शिशुहरूले पनि जानून्, र यी कुराहरू तिनीहरूले पनि आफ्ना छोराछोरीहरूलाई भनून्। तब तिनीहरूले परमेश्वरमा आफ्ना भरोसा राख्नेछन्, र उहाँका कामहरू तिनीहरूले बिर्सने छैनन्; तर तिनीहरूले उहाँका आज्ञाहरू पालन गर्नेछन्। तिनीहरू आफ्ना पितापुर्खाहरू जस्तै अटेरी र विद्रोही पुस्ता हुनेछैनन्; तिनीहरूका हृदय परमेश्वरप्रति वफादार थिएनन्, तिनीहरूका आत्मा परमेश्वरप्रति विश्वासयोग्य थिएनन्। एफ्राइमका मानिसहरू धनुकाँडले सुसज्जित भए तापनि लडाइँको दिनमा तिनीहरू पिठिउँ फर्काएर पछि भागे; तिनीहरूले परमेश्वरका करार पालन गरेनन्, र उहाँका व्यवस्थाअनुसार चल्न अस्वीकार गरे। परमेश्वरले गर्नुभएका कामहरू, उहाँले तिनीहरूलाई देखाउनुभएको अद्भुत कार्यहरू, तिनीहरूले बिर्से। उहाँले तिनीहरूका पितापुर्खाहरूका अगि, इजिप्ट देश र सोअनको मैदानमा अचम्मका कामहरू गर्नुभयो। उहाँले समुद्रलाई दुई भाग पार्नुभयो, र यसबाट तिनीहरूलाई पारि डोर्याउनुभयो; उहाँले पानीलाई पर्खालझैँ खडा गर्नुभयो। उहाँले तिनीहरूलाई दिनमा बादलले र रातभरि आगोको उज्यालोले अगुवाइ गर्नुभयो। उहाँले मरुभूमिमा चट्टानलाई दुई भाग पार्नुभयो, र सागरको पानीजस्तै गरी प्रशस्त पानी तिनीहरूलाई दिनुभयो; उहाँले चट्टाने भिरबाट पानीका धारा निकाल्नुभयो, र पानीलाई बेँसीतिर नदीजस्तै बगाउनुभयो। तर सर्वोच्च परमेश्वरको विरुद्धमा मरुभूमिमा विद्रोही भएर, तिनीहरू उहाँको विरुद्धमा निरन्तर पापमा लागिरहे। तिनीहरूले असाध्यै खानेकुराको माग गरेर जानी-जानी परमेश्वरको परीक्षा गरे। तिनीहरूले यसो भन्दै परमेश्वरको निन्दा गरे: “के परमेश्वरले हाम्रो निम्ति मरुभूमिमा भोजनको टेबुल तयार गर्न सक्नुहुन्छ र? हेर! उहाँले चट्टानलाई हिर्काउनुभयो, र पानी फुटेर निस्क्यो, पानीका धारा प्रशस्त गरी बगेर निस्क्यो; तर के उहाँले हामीलाई खानेकुरा पनि दिन सक्नुहुन्छ? के उहाँले आफ्ना मानिसहरूका निम्ति मासु जुटाउन सक्नुहुन्छ र?”
भजनसंग्रह 78:1-20 पवित्र बाइबल (NERV)
मेरो मानिसहरू, मेरो उपदेशहरू ध्यान दिएर सुन। मैले भनेका कुराहरूमा ध्यान देऊ। म तिमीहरूलाई यो कथा भन्ने छु। म तिमीहरूलाई यो पुरानो कथा भन्ने छु। हामीले ती कथाहरू सुन्यौं, अनि हामी त्यो राम्रो प्रकारले जान्दछौं। हाम्रा पिता-पुर्खाहरूले यी कथाहरू सुनाए। अनि हामी त्यो कथा भुल्ने छैनौं। हाम्रा मानिसहरूले पछि आउने सन्तानहरूलाई त्यो कथाहरू भन्ने नै छन्। हामी मिली परमप्रभुको प्रशंसा गर्नेछौं, अनि उहाँका अचम्म लाग्दा कार्यहरू सबैलाई भन्नेछौं। परमप्रभुले याकूबसँग सम्झौता गर्नुभयो। परमेश्वरले इस्राएल लाई नियम दिनुभयो। परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई आज्ञाहरू दिनुभयो। उहाँले हाम्रा पिता-पुर्खाहरूलाई भन्नुभयो कि, ती नियमहरू बारे आफ्ना भावी सन्तानहरूलाई बताऊ। अनि आउने भावि सन्तानहरूले पनि यो नियमको बारेमा जान्नेछन् र तिनीहरू आफ्ना नानीहरूलाई सिकाउन सक्षम हुनेछन्। यसैकारण ती सबै मानिसहरूले परमेश्वरमाथि भरोसा गर्नेछन्। तिनीहरूले परमेश्वरका कार्यहरू भुल्ने छैनन्। तिनीहरूले परमेशवरको आज्ञा अनुसार उहाँको नियमहरू पालन गर्नेछन्। यदि मानिसहरूले आफ्ना नानीहरूलाई परमेश्वरका, आज्ञाहरूको विषयमा बताए भने तिनीहरूका पुर्खाहरू जस्तै हुने छैनन्। तिनीहरूका पिता-पुर्खाहरू परमेश्वरका विरूद्ध खडा भए, र उहाँको आज्ञा पालन गर्न अस्वीकार गरे ती मानिसहरू हठ्ठी थिए। तिनीहरू परमेश्वर प्रति विश्वासी थिएनन्। एप्रैमबाट आएका मानिसहरूसँग हतियारहरू थिए, तर तिनीहरू युद्धभूमिबाट भागे। तिनीहरूले परमेश्वरसँग गरेको करार पालन गरेनन्। तिनीहरूले उहाँका उपदेशहरू अस्वीकार गरे। एप्रैमबाट आएका मानिसहरूले परमेश्वरले गर्नु भएको महान् कार्यहरू भूले। तिनीहरूले परमेश्वरले प्रदर्शन गर्नु भएको ती अचम्म लाग्दा कार्यहरू बिर्से। परमेश्वरले तिनीहरूका पिता-पुर्खाहरूलाई मिश्र अन्तर्गत सोअनमा, आफ्ना महान् शक्तिहरू देखाउनु भयो। परमेश्वरले लाल समुद्रलाई चिर्नु भयो अनि मानिसहरूलाई पार गराउनु भयो। पानी तिनीहरूका लागि दुवै तिर पक्का पर्खाल भएर उभिएको थियो। प्रत्येक दिन परमेश्वरले तिनीहरूलाई अग्लो बादल सहित डोर्याउनु भयो। अनि प्रत्येक रातभरि आगोको ज्वाला वा राँको बालेर तिनीहरूलाई डोर्याउनु भयो। परमेश्वरले चट्टानलाई मरुभूमिमा फोर्नु भयो। जमीनको भित्री तहबाट उहाँले मानिसहरूलाई पानी दिनुभयो। परमेश्वरले पानीका झरनाहरू नदीहरू सरह चट्टानबाट ल्याउनु भयो! तर मानिसहरूले उहाँकै विरूद्ध लगातार पाप गरिरहे। मरुभूमिसम्म तिनीहरू सर्वशक्तिमान् परमेश्वरको विरूद्ध नै उठे। तब ती मानिसहरूले परमेश्वरको परीक्षा गर्ने फैसला गरे, र तिनीहरूले परमेश्वरलाई खाना मागे। तिनीहरूले परमेश्वर बारे गुनासो गरे अनि भने, “के मरुभूमिमा परमेश्वरले हामीलाई खाना व्यवस्था गर्न सक्नु हुन्छ? जब उहाँले चट्टानमा हिर्काउनुभयो, तेजले पानी बाहिर आयो, र खोलाहरू बढेर आए। निःसन्देह उहाँले हामीलाई केही रोटी र मासु दिन सक्नु हुन्छ!”
भजनसंग्रह 78:1-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे मेरा मानिसहरू हो! मेरो शिक्षा सुन, मेरा कुरामा ध्यान देओ। म बुद्धिका कुराहरू भनेर बितेका रहस्यहरूका भेद खोलिदिनेछु। हामीले सुनेका र जानेका कुराहरू हाम्रा पुर्खाहरूले भनेका कुराहरू बुझाउनेछु। ती कुराहरू हामी आफ्ना छोरा-छोरीहरूबाट लुकाउनेछैनौं, आउँदा पिँढीलाई ती कुरा भन्नेछौं। परमप्रभुका शक्ति र महान् कार्यहरू, उहाँका उदेकका कामबारे भन्नेछौं। उहाँले इस्राएलीहरूलाई व्यवस्था दिनुभयो र याकूबका सन्तानलाई व्यवस्था-विधि दिनुभयो। आफ्ना छोरा-छोरीहरूलाई उहाँका नियमहरू सिकाउन उहाँले हाम्रा पिता-पुर्खालाई शिक्षा दिनुभयो। त्यसरी आउँदो पुस्ताले तिनका बारेमा सिक्न सकून् र आफ्ना सन्तानलाई पनि ती सिकाउन सकून्! यसरी तिनीहरूले परमेश्वरमाथि भरोसा राख्नेछन् र उहाँका कामहरू भुल्नेछैनन् र सधैँ उहाँका आज्ञाहरू मान्नेछन्। आफ्ना पिता-पुर्खाहरूजस्ता तिनीहरू विद्रोही र आज्ञा नमान्नेहरू बन्नेछैनन्। ती पुर्खाहरूका परमेश्वरमाथि भरोसा कहिल्यै दरिलो थिएन, तिनीहरू उहाँप्रति विश्वासयोग्य रहेनन्। धनु-काँड लिएका एफ्राइमीहरू लडाइँका दिनमा भागे। तिनीहरूले परमेश्वरसँग बाँधेका आफ्ना करार राखेनन् र उहाँका नियमहरू पालन गर्न अस्वीकार गरे। उहाँले गर्नुभएको काम र आफूले देखेका उहाँका आश्चर्यकर्महरू तिनीहरूले भुले। तिनीहरूका पुर्खाहरूले हेर्दाहेर्दै परमेश्वरले मिश्रदेशको सोअनको मैदानमा आश्चर्यकर्महरू गर्नुभयो। उहाँले समुद्र फटाउनुभयो र त्यसको बीच भएर तिनीहरूलाई डोर्याउनुभयो। पानीलाई पर्खालजस्तो भएर खडा रहन लगाउनुभयो। दिउँसो बादलले र राती आगोको उज्यालोले तिनीहरूलाई बाटो देखाउनुभयो। उहाँले मरुभूमिमा चट्टान फुटाउनुभएर त्यसका गहिराइदेखि तिनीहरूलाई पिउने पानी दिनुभयो। उहाँले चट्टानदेखि एउटा खोला फुटाई निकाल्नुभयो र नदीझैँ पानी बहाउनुभयो। तर तिनीहरूले परमेश्वरका विरुद्धमा पाप गरिरहे र मरुभूमिमा सर्वोच्च परमेश्वरसँग विद्रोह गरे। आफूले भोजन मागेर तिनीहरूले जानी-जानी परमेश्वरको जाँच गरे। तिनीहरूले परमेश्वरका विरुद्धमा कुरा गर्दै यसो भने, “के परमेश्वरले मरुभूमिमा भोजन दिन सक्नुहुन्छ? यो कुरा साँचो हो कि उहाँले चट्टानलाई हिर्काउनुभयो र त्यहाँबाट पानीको मूल फुटेर निस्क्यो, तर के उहाँले हामीलाई रोटी र यी आफ्ना प्रजालाई मासु दिन सक्नुहोला र?”