भजनसंग्रह 77:9-13
भजनसंग्रह 77:9-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
के परमेश्वरले दया गर्न बिर्सनुभएको छ? के रिसाएर उहाँले आफ्नो कृपा-दृष्टि बन्द गर्नुभएको छ? अनि मैले सोचें, “यस कुरामा म अपिल गर्छु: सर्वोच्चको दाहिने बाहुलीका वर्षहरू।” परमप्रभुका कार्यहरूको म स्मरण गर्नेछु, निश्चय नै तादिका तपाईंका आश्चर्यकर्महरू म सम्झनेछु। म तपाईंका सबै कामहरूमाथि मनन गर्नेछु, र तपाईंका सबै शक्तिशाली कार्यहरूमाथि चिन्तन गर्नेछु। हे परमेश्वर, तपाईंका मार्ग पवित्र छन्, हाम्रा परमेश्वरझैँ महान् देव अरू को छ?
भजनसंग्रह 77:9-13 पवित्र बाइबल (NERV)
करूणा के हो भन्ने कुरा उहाँले भुल्नु भयो? उहाँको समवेदना जति क्रोधमा परिवर्तन भयो?” तब मैले सोचें, “जुन कुराले मलाई सधैँ सताई रहन्छ त्यो होः ‘के सर्वशक्तिमान् परमेश्वरले आफ्नो शक्ति गुमाउनु भयो?’” म सम्झना गर्छु उहाँले कस्तो-कस्तो कार्य गर्नुभयो भनेर। परमेश्वर म ती आश्चर्यपूर्वक कुराहरू सम्झना गर्छु, जुन तपाईंले धेरै-धेरै अगाडि गर्नु भएको थियो। तपाईंले के गर्नु भएको थियो त्यो मैले सोचें। म तपाईंका सबै शक्तिशाली कार्यहरू सोच्दछु। परमेश्वर, तपाईंका बाटोहरू पवित्र छन्, तपाईं बाहेक कोही पनि महान् छैन।
भजनसंग्रह 77:9-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
के परमेश्वरले दया देखाउन बिर्सनुभएको हो? के उहाँले आफ्नो रिसमा दयाको दृष्टि रोक्नुभएको हो?” सेला तब मैले सोचेँ, “मेरो पीडाको कारणचाहिँ सर्वोच्च परमेश्वरको दाहिने बाहुली परिवर्तन भएको छ।” म याहवेहका हातका कामहरू स्मरण गर्नेछु; हो, म बितेका समयहरूका तपाईंका अचम्मका कामहरू याद गर्नेछु। म तपाईंका सबै कामहरूलाई विचार गर्नेछु र तपाईंका सबै महान् कार्यहरूलाई मनन गर्नेछु। हे परमेश्वर, तपाईंका मार्गहरू पवित्र छन्; हाम्रा महान् परमेश्वरझैँ अरू देव को छ र?
भजनसंग्रह 77:9-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
के परमेश्वरले दयामाया गर्न छोड्नुभयो? के उहाँका मायाको सट्टामा अब क्रोध रहेको छ?” तब मैले भनें, “अब परमेश्वरमा सामर्थ्य नै रहेनछ भन्ने कुराले मलाई सबैभन्दा दु:ख दिन्छ।” हे परमप्रभु! म तपाईंका महान् कार्यहरू सम्झनेछु, बितेका समयमा तपाईंले गर्नुभएको आश्चर्य कामहरू याद गर्नेछु। तपाईंले गर्नुभएका सबै कुराबारे म सोच्नेछु, तपाईंका सबै सामर्थी कामहरूमा ध्यान गर्नेछु। हे परमेश्वर! तपाईंले गर्नुभएको सबै काम पवित्र छन्, तपाईंजस्तो महान् परमेश्वर अरू कोही छैन।