भजनसंग्रह 77:1-9
भजनसंग्रह 77:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मैले सहायताको निम्ति परमेश्वरमा पुकारा गरें। उहाँले मलाई सुनून् भनेर मैले परमेश्वरलाई पुकारें। मेरो दु:खको घड़ीमा मैले परमप्रभुलाई खोजें, राती नथाकी मेरो हात पसारें, अनि मेरो प्राणले सान्त्वना ग्रहण गर्न चाहेन। हे परमेश्वर, मैले तपाईंलाई सम्झें, र अफसोस गरें, मैले चिन्ता गरें, र मेरो आत्मा शिथिल भयो। सेला तपाईंले मेरा आँखा लाग्न दिनुभएन, म यति दु:खित भएँ, कि बोल्न पनि सकिनँ। बितेका दिनहरू, धेरै पुराना वर्षहरूको मैले सम्झना गरें। राती मैले आफ्ना गीतहरू सम्झें, म ध्यानमा बसें, र मेरो आत्माले यो सोध्यो: के परमेश्वरले सदाको निम्ति इन्कार गर्नुहुन्छ, र उहाँले फेरि कहिल्यै निगाह राख्नुहुन्न? के उहाँको अचूक प्रेम सदाको लागि मेटिएको छ? के उहाँका प्रतिज्ञाहरू सदाको निम्ति समाप्त भएका छन्? के परमेश्वरले दया गर्न बिर्सनुभएको छ? के रिसाएर उहाँले आफ्नो कृपा-दृष्टि बन्द गर्नुभएको छ?

भजनसंग्रह 77:1-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मैले सहायताको निम्ति परमेश्वरलाई पुकारेँ, मलाई सुन्नुभएको होस् भनेर मैले परमेश्वरलाई पुकारेँ। जब म दुःखमा थिएँ, मैले प्रभुलाई प्रार्थना गरेँ; रातमा नथाकी उहाँमा मैले हात पसारेँ, तर मेरो हृदयले सान्त्वना पाएन। हे परमेश्वर, मैले तपाईंको सम्झना गरेँ, र मैले अफसोस गरेँ; मैले हृदयमा मनन गरेँ, र मेरो आत्मा शिथिल भयो। सेला तपाईंले मेरा आँखा चिम्लन दिनुभएन; म बोल्न नसक्ने गरी अति दुःखित थिएँ। मैले बितेका दिनहरूको सम्झना गरेँ, धेरै अगाडिका वर्षहरू; रातका मेरा गीतहरू सम्झेँ। मैले हृदयमा मनन गरेँ, र मेरो आत्माले यो विचार गर्यो: “के प्रभुले सदाको निम्ति मलाई त्याग्नुहुनेछ? के उहाँले मलाई फेरि कहिल्यै दया देखाउनुहुनेछैन? के उहाँको अचुक प्रेम सदाको लागि मेटिएको छ? के उहाँका प्रतिज्ञाहरू सदाको लागि असफल भएका हुन्? के परमेश्वरले दया देखाउन बिर्सनुभएको हो? के उहाँले आफ्नो रिसमा दयाको दृष्टि रोक्नुभएको हो?” सेला
भजनसंग्रह 77:1-9 पवित्र बाइबल (NERV)
मैले ठूलो-ठूलो आवाजले कराएर परमेश्वरलाई गुहार मागें। हे परमेश्वर, मेरो रोदन सुनिदिनु होस्! मेरो स्वामी, जब म सङ्कटमा परें म तपाईं कहाँ आएँ, तपाईंलाई पाउने प्रयासमा म रातभरी जागें र पनि आत्मामा शान्ति भएन। मैले परमेश्वरको बारेमा सोचें, अनि आफ्नो हालत बताउने प्रयास गरें, तर मैले सकिनँ। तपाईंले मलाई सुत्न दिनु भएन, म केही भन्न चाहन्थे तर म एकदम हताश थिएँ। मैले बितेका कुराहरू सम्झिरहेको थिएँ। धेरै अगाडि हुन गएको घटनाहरू सम्झिरहेको थिएँ। रातमा, मैले आफ्ना गीतहरूको बारेमा सोच्ने प्रयास गरें। मैले आफैंलाई बुझ्ने कोशिश गरें। म छक्क पर्छु, “के हाम्रो स्वामीले हामीलाई सदाको लागि त्याग्नु भयो? के फेरि उहाँ हामीसित खुशी हुनुहुन्न? के फेरि हामीसँग उहाँ बात मार्न सक्नु हुनेछ? के परमेश्वरको प्रेम सदाको निम्ति बिलाउँछ? करूणा के हो भन्ने कुरा उहाँले भुल्नु भयो? उहाँको समवेदना जति क्रोधमा परिवर्तन भयो?”
भजनसंग्रह 77:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म परमेश्वरकहाँ ठूलो स्वरले पुकारा गर्दछु, ठूलो स्वरले पुकारा गर्दछु र उहाँले मलाई सुन्नुहुन्छ। कष्टको समयमा म परमप्रभुलाई प्रार्थना गर्दछु, रातभरि म प्रार्थनामा आफ्ना हात उचाल्दछु, तर मैले केही सान्त्वना पाउँदिनँ। जब म परमेश्वरबारे सोच्दछु, मैले सुस्केरा मार्दछु, जब म ध्यानमा बस्दछु, म निरुत्साहित हुन्छु। उहाँले मलाई रातभरि जागो राख्नुहुन्छ, म यति चिन्तित छु कि म बोल्न समेत सक्दिनँ। म बितेको दिनबारे सोच्दछु, धेरै अघिका वर्षहरू याद गर्दछु। म गहिरो सोचमा परेर रात बिताउँछु; म ध्यानमा बस्दछु र म आफैंलाई यो सोध्दछु: “के प्रभुले हामीलाई सधैँ अस्वीकार गर्नुहुनेछ? के उहाँ फेरि हामीसँग कहिल्यै खुसी हुनुहुन्न? के उहाँले हामीलाई प्रेम गर्न छोड्नुभयो? के अब उहाँको प्रतिज्ञा रहनेछैन? के परमेश्वरले दयामाया गर्न छोड्नुभयो? के उहाँका मायाको सट्टामा अब क्रोध रहेको छ?”