YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 77:1-9

भजनसंग्रह 77:1-9 NCV

मैले सहायताको निम्ति परमेश्‍वरलाई पुकारेँ, मलाई सुन्‍नुभएको होस् भनेर मैले परमेश्‍वरलाई पुकारेँ। जब म दुःखमा थिएँ, मैले प्रभुलाई प्रार्थना गरेँ; रातमा नथाकी उहाँमा मैले हात पसारेँ, तर मेरो हृदयले सान्त्वना पाएन। हे परमेश्‍वर, मैले तपाईंको सम्झना गरेँ, र मैले अफसोस गरेँ; मैले हृदयमा मनन गरेँ, र मेरो आत्मा शिथिल भयो। सेला तपाईंले मेरा आँखा चिम्‍लन दिनुभएन; म बोल्न नसक्ने गरी अति दुःखित थिएँ। मैले बितेका दिनहरूको सम्झना गरेँ, धेरै अगाडिका वर्षहरू; रातका मेरा गीतहरू सम्झेँ। मैले हृदयमा मनन गरेँ, र मेरो आत्माले यो विचार गर्‍यो: “के प्रभुले सदाको निम्ति मलाई त्याग्नुहुनेछ? के उहाँले मलाई फेरि कहिल्यै दया देखाउनुहुनेछैन? के उहाँको अचुक प्रेम सदाको लागि मेटिएको छ? के उहाँका प्रतिज्ञाहरू सदाको लागि असफल भएका हुन्? के परमेश्‍वरले दया देखाउन बिर्सनुभएको हो? के उहाँले आफ्नो रिसमा दयाको दृष्‍टि रोक्नुभएको हो?” सेला

भजनसंग्रह 77 पढ्नुहोस्