YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 77:1-9

भजनसंग्रह 77:1-9 NNRV

मैले सहायताको निम्‍ति परमेश्‍वरमा पुकारा गरें। उहाँले मलाई सुनून्‌ भनेर मैले परमेश्‍वरलाई पुकारें। मेरो दु:खको घड़ीमा मैले परमप्रभुलाई खोजें, राती नथाकी मेरो हात पसारें, अनि मेरो प्राणले सान्‍त्‍वना ग्रहण गर्न चाहेन। हे परमेश्‍वर, मैले तपाईंलाई सम्‍झें, र अफसोस गरें, मैले चिन्‍ता गरें, र मेरो आत्‍मा शिथिल भयो। सेला तपाईंले मेरा आँखा लाग्‍न दिनुभएन, म यति दु:खित भएँ, कि बोल्‍न पनि सकिनँ। बितेका दिनहरू, धेरै पुराना वर्षहरूको मैले सम्‍झना गरें। राती मैले आफ्‍ना गीतहरू सम्‍झें, म ध्‍यानमा बसें, र मेरो आत्‍माले यो सोध्‍यो: के परमेश्‍वरले सदाको निम्‍ति इन्‍कार गर्नुहुन्‍छ, र उहाँले फेरि कहिल्‍यै निगाह राख्‍नुहुन्‍न? के उहाँको अचूक प्रेम सदाको लागि मेटिएको छ? के उहाँका प्रतिज्ञाहरू सदाको निम्‍ति समाप्‍त भएका छन्‌? के परमेश्‍वरले दया गर्न बिर्सनुभएको छ? के रिसाएर उहाँले आफ्‍नो कृपा-दृष्‍टि बन्‍द गर्नुभएको छ?