YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 73:16-28

भजनसंग्रह 73:16-28 पवित्र बाइबल (NERV)

मैले यी कुराहरू जान्नलाई यथासक्य कोशिश गरें। तर ती सबै मेरो लागि एकदम कठिन थिए। जबसम्म म परमेश्वरको मन्दिरमा गईनँ, तब सम्म मैले तिनीहरूको आखिरी विचार जानिनँ। परमेश्वर, साँच्चि नै तपाईंले ती मानिसहरूलाई भयानक अवस्थामा राख्नु भएको रहेछ। सहजै तिनीहरू पतन हुने र नष्ट हुने रहेछन्। सङ्कट अचानक आउन सक्छ, तब ती अंहकारीहरू नष्ट-विनिष्ट हुन सक्छन्। भयानक कुराहरू तिनीहरूमा घट्न सक्छन् अनि तिनीहरू समाप्त हुन्छन्। हे परमप्रभु, ती मानिसहरू सपना जस्तै हुन्, हामी जाग्ने बित्तिकै तिनीहरू अल्पिन्छन्। हाम्रो सपनाका राक्षसहरू जस्ता तपाईंले तिनीहरूलाई विलुप्त पारी दिनु हुनेछ। म अज्ञानी थिएँ। मैले धनी र दुष्ट मानिसहरूको बारेमा सोचेर व्यार्थै खिन्न भएँ। हे परमेश्वर! म तपाईंसित शोकाकुल र क्रोधित थिएँ। मैले एउटा लठुवा र अज्ञात पशुले जस्तो व्यवहार गरें। म सधैँ नै तपाईंसँग साथमा छु। हे परमेश्वर, तपाईंले मेरो दाहिने हात पक्रनु भएकोछ। हे परमेश्वर, तपाईंले मेरो अगुवाई गर्नु हुन्छ अनि असल सल्लाह दिनुहुन्छ। त्यस पश्चात् महिमा तर्फ मलाई अगुवाई गर्नु हुन्छ। हे परमेश्वर, तपाईं बाहेक म स्वर्गमा कसलाई चाहन्छु। अनि म तपाईंसित पृथ्वीमा भएको बाहेक अरू केही इच्छा गर्दिनँ। मेरो तन र मन नष्ट हुन सक्छ, तर मसँग परमेश्वर छ जसलाई म प्रेम गर्छु। मसँग परमेश्वर सदा-सर्वदा हुनुहुन्छ! हे परमेश्वर, मानिस जसले तपाईंलाई त्यग्दछ त्यो हराउने छ। तपाईंले तिनीहरूलाई ध्वंश गर्नु हुनेछ जो तपाईंसित विश्वासी छैनन्। म परमेश्वर कहाँ आएँ अनि त्यो मेरो लागि हितकारी भयो। मैले परमप्रभु परमेश्वरलाई मेरो सुरक्षित ठाउँ बनाएँ। परमेश्वर, म तपाईंकहाँ, तपाईंले गर्नु भएका सबै थोकहरू बताउन आएँ।

शेयर गर्नुहोस्
भजनसंग्रह 73 पढ्नुहोस्

भजनसंग्रह 73:16-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

जब मैले यी सबै बुझ्‍ने कोसिस गरें, यो मेरो निम्‍ति अति गह्रौँ भयो, जबसम्‍म म परमेश्‍वरको पवित्रस्‍थानमा पसिनँ। तब मात्र मैले तिनीहरूको अन्‍तिम अवस्‍था बुझें। निश्‍चय तपाईंले तिनीहरूलाई चिप्‍ला ठाउँहरूमा राख्‍नुहुन्‍छ, तपाईंले तिनीहरूलाई सर्वनाशमा फालिदिनुहुन्‍छ। तिनीहरू कति अचानक नष्‍ट हुन्‍छन्‌, त्रासले तिनीहरू पूर्णत: बगाइए! तिनीहरू बिहान बिउँझँदा सपनाजस्‍तै टलिजान्‍छन्‌। हे परमप्रभु, तपाईं बिउँझँदा तिनीहरूलाई कल्‍पनाझैँ तुच्‍छ ठान्‍नुहुन्‍छ। जब मेरो हृदय दु:खित भएको थियो, र मेरो मुटुमा तीतोपन थियो, म यस्‍तो बेवकूफ र अबोध थिएँ, तपाईंको सामु म पशुतुल्‍य थिएँ। तैपनि म निरन्‍तर तपाईंसँगै छु, तपाईंले मेरो दाहिने हात थाम्‍नुभएको छ। आफ्‍नै सल्‍लाहमा तपाईंले मलाई डोर्‍याउनुहुन्‍छ, र पछि मलाई महिमामा लानुहुनेछ। स्‍वर्गमा तपाईंबाहेक मेरो अरू को छ र? र पृथ्‍वीमा पनि मैले चाहना गर्ने तपाईंबाहेक अरू केही छैन। मेरो तन र मन दुवै विफल होलान्‌, तर परमेश्‍वर सदासर्वदाको निम्‍ति मेरो हृदयको शक्ति र मेरो भाग हुनुहुन्‍छ। तपाईंबाट टाढ़ा रहनेहरू नष्‍ट हुनेछन्‌, तपाईंलाई विश्‍वासघात गर्ने सबैलाई तपाईं विनाश गर्नुहुन्‍छ। तर मेरो लागि भने परमेश्‍वरको नजिक रहनु असल छ। मैले परमप्रभु परमेश्‍वरलाई मेरो शरणस्‍थान बनाएको छु, म तपाईंका सबै कार्यहरूको वर्णन गर्नेछु।

शेयर गर्नुहोस्
भजनसंग्रह 73 पढ्नुहोस्

भजनसंग्रह 73:16-28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

जब मैले यी सबै कुराहरू बुझ्ने कोसिस गरेँ, तब मेरा निम्ति यो अति कठिन भयो। जब म परमेश्‍वरको पवित्रस्थानभित्र पसेँ; तब मात्र मैले तिनीहरूको अन्तिम अवस्था बुझेँ। निश्‍चय नै तपाईंले तिनीहरूलाई चिप्ला स्थानहरूमा राख्नुहुन्छ; तपाईंले तिनीहरूलाई सर्वनाशको लागि फालिदिनुहुन्छ। केही क्षणमै तिनीहरू नष्‍ट पारिन्छन्; त्रासले तिनीहरू पूर्ण रूपमा ध्वस्त हुन्छन्! तिनीहरू बिहान बिउँझँदा टलेर जाने खराब सपनाजस्तै हुन्; हे प्रभु, जब तपाईं उठ्नुहुन्छ, तब तपाईंले तिनीहरूलाई कल्पना झैँ तुच्छ ठान्‍नुहुन्छ। जब मेरो मन घोर पीडामा थियो, मेरो आत्मामा तितोपना थियो, म चेतनाहीन र ज्ञानविहीन थिएँ; तपाईंको सामु म पशुजस्तै थिएँ। तरै पनि म सधैँ तपाईंसँगै रहन्छु; तपाईंले मेरो दाहिने हात थाम्नुभएको छ। तपाईंको सल्‍लाहले मलाई डोर्‍याउनुहुन्छ, र त्यसपछि मलाई महिमामा लानुहुनेछ। स्वर्गमा तपाईंबाहेक मेरो अरू को छ र? अनि तपाईंबाहेक पृथ्वीमा मैले चाहना गरेको अरू कोही छैन। मेरो देह र मेरो हृदय दुवै विफल होलान्, तर परमेश्‍वर सदासर्वदाको निम्ति मेरो हृदयको बल र मेरो भाग हुनुहुन्छ। तपाईंबाट टाढा रहने मानिसहरू नष्‍ट हुनेछन्; तपाईंलाई विश्‍वासघात गर्ने सबैलाई तपाईंले विनाश गर्नुहुन्छ। तर मेरो लागि चाहिँ परमेश्‍वरको नजिक रहन पाउनु असल छ; मैले प्रभु याहवेहलाई मेरो शरणस्थान बनाएको छु; म तपाईंका सारा कामहरूको वर्णन गर्नेछु।

शेयर गर्नुहोस्
भजनसंग्रह 73 पढ्नुहोस्

भजनसंग्रह 73:16-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यस कुरामाथि मैले विचार गर्ने चेष्‍टा गरें, तर त्‍यो मेरो लागि अति कठिन थियो। तपाईंको मन्‍दिरभित्र गएपछि मात्र दुष्‍टलाई के हुनेछ, सो मैले बुझें। तपाईंले तिनीहरूलाई चिप्‍ला ठाउँहरूमा राख्‍नुहुनेछ र तिनीहरूलाई नाश पारी लडाउनुहुनेछ। झट्टै तिनीहरू नष्‍ट हुनेछन्, तिनीहरूको अन्‍त डरलाग्‍दो हुनेछ। तिनीहरू बिहान हराउने सपनाजस्‍ता हुन्‍छन्; हे प्रभु, जब तपाईं उठ्‍नुहुन्‍छ, तिनीहरू हराउनेछन्। जब मेरा सोच-विचार तीता थिए र मेरो मनमा चोट परेको थियो, म पशुझैँ मूर्ख बनेको थिएँ र मैले तपाईंलाई बुझिनँ। तरै पनि, म सधैँ तपाईंको नजिक बस्‍दछु र तपाईंले मेरो हात सह्माल्‍नुहुन्‍छ। तपाईंले आफ्‍नो शिक्षाले मलाई डोर्‍याउनुहुन्‍छ र अन्‍तमा मलाई आदरसाथ ग्रहण गर्नुहुनेछ। स्‍वर्गमा तपाईंबाहेक मेरो अरू को छ र? तपाईं हुँदाहुँदै मलाई पृथ्‍वीमा अरू कुन थोक चाहिन्‍छ र? मेरा शरीर र मन दुवै दुर्बल हुन सक्‍छन्, तर परमेश्‍वर मेरा सामर्थ्‍य हुनुहुन्‍छ, मलाई चाहिने उहाँ मात्र हुनुहुन्‍छ। तपाईंलाई त्‍याग्‍नेहरू निश्‍चय नाश हुनेछन्, तपाईंलाई विश्‍वास नगर्नेहरूलाई तपाईंले ध्‍वंस पार्नुहुनेछ। तर मेरो निम्‍ति परमेश्‍वरको नजिक रहन पाउनु, सार्वभौम परमप्रभुको सुरक्षा पाउनु, र उहाँका कामबारे वर्णन गर्नु कति उदेकको कुरा हो!

शेयर गर्नुहोस्
भजनसंग्रह 73 पढ्नुहोस्