YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 73:16-28

भजनसंग्रह 73:16-28 NCV

जब मैले यी सबै कुराहरू बुझ्ने कोसिस गरेँ, तब मेरा निम्ति यो अति कठिन भयो। जब म परमेश्‍वरको पवित्रस्थानभित्र पसेँ; तब मात्र मैले तिनीहरूको अन्तिम अवस्था बुझेँ। निश्‍चय नै तपाईंले तिनीहरूलाई चिप्ला स्थानहरूमा राख्नुहुन्छ; तपाईंले तिनीहरूलाई सर्वनाशको लागि फालिदिनुहुन्छ। केही क्षणमै तिनीहरू नष्‍ट पारिन्छन्; त्रासले तिनीहरू पूर्ण रूपमा ध्वस्त हुन्छन्! तिनीहरू बिहान बिउँझँदा टलेर जाने खराब सपनाजस्तै हुन्; हे प्रभु, जब तपाईं उठ्नुहुन्छ, तब तपाईंले तिनीहरूलाई कल्पना झैँ तुच्छ ठान्‍नुहुन्छ। जब मेरो मन घोर पीडामा थियो, मेरो आत्मामा तितोपना थियो, म चेतनाहीन र ज्ञानविहीन थिएँ; तपाईंको सामु म पशुजस्तै थिएँ। तरै पनि म सधैँ तपाईंसँगै रहन्छु; तपाईंले मेरो दाहिने हात थाम्नुभएको छ। तपाईंको सल्‍लाहले मलाई डोर्‍याउनुहुन्छ, र त्यसपछि मलाई महिमामा लानुहुनेछ। स्वर्गमा तपाईंबाहेक मेरो अरू को छ र? अनि तपाईंबाहेक पृथ्वीमा मैले चाहना गरेको अरू कोही छैन। मेरो देह र मेरो हृदय दुवै विफल होलान्, तर परमेश्‍वर सदासर्वदाको निम्ति मेरो हृदयको बल र मेरो भाग हुनुहुन्छ। तपाईंबाट टाढा रहने मानिसहरू नष्‍ट हुनेछन्; तपाईंलाई विश्‍वासघात गर्ने सबैलाई तपाईंले विनाश गर्नुहुन्छ। तर मेरो लागि चाहिँ परमेश्‍वरको नजिक रहन पाउनु असल छ; मैले प्रभु याहवेहलाई मेरो शरणस्थान बनाएको छु; म तपाईंका सारा कामहरूको वर्णन गर्नेछु।

भजनसंग्रह 73 पढ्नुहोस्