जब मैले यी सबै बुझ्ने कोसिस गरें, यो मेरो निम्ति अति गह्रौँ भयो, जबसम्म म परमेश्वरको पवित्रस्थानमा पसिनँ। तब मात्र मैले तिनीहरूको अन्तिम अवस्था बुझें। निश्चय तपाईंले तिनीहरूलाई चिप्ला ठाउँहरूमा राख्नुहुन्छ, तपाईंले तिनीहरूलाई सर्वनाशमा फालिदिनुहुन्छ। तिनीहरू कति अचानक नष्ट हुन्छन्, त्रासले तिनीहरू पूर्णत: बगाइए! तिनीहरू बिहान बिउँझँदा सपनाजस्तै टलिजान्छन्। हे परमप्रभु, तपाईं बिउँझँदा तिनीहरूलाई कल्पनाझैँ तुच्छ ठान्नुहुन्छ। जब मेरो हृदय दु:खित भएको थियो, र मेरो मुटुमा तीतोपन थियो, म यस्तो बेवकूफ र अबोध थिएँ, तपाईंको सामु म पशुतुल्य थिएँ। तैपनि म निरन्तर तपाईंसँगै छु, तपाईंले मेरो दाहिने हात थाम्नुभएको छ। आफ्नै सल्लाहमा तपाईंले मलाई डोर्याउनुहुन्छ, र पछि मलाई महिमामा लानुहुनेछ। स्वर्गमा तपाईंबाहेक मेरो अरू को छ र? र पृथ्वीमा पनि मैले चाहना गर्ने तपाईंबाहेक अरू केही छैन। मेरो तन र मन दुवै विफल होलान्, तर परमेश्वर सदासर्वदाको निम्ति मेरो हृदयको शक्ति र मेरो भाग हुनुहुन्छ। तपाईंबाट टाढ़ा रहनेहरू नष्ट हुनेछन्, तपाईंलाई विश्वासघात गर्ने सबैलाई तपाईं विनाश गर्नुहुन्छ। तर मेरो लागि भने परमेश्वरको नजिक रहनु असल छ। मैले परमप्रभु परमेश्वरलाई मेरो शरणस्थान बनाएको छु, म तपाईंका सबै कार्यहरूको वर्णन गर्नेछु।
भजनसंग्रह 73 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 73
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 73:16-28
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू