भजनसंग्रह 68:15-20
भजनसंग्रह 68:15-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बाशानका पहाड़हरू गौरवशाली छन्, बाशानका पहाड चट्टानै-चट्टानले पूर्ण छन्। हे रूखा पर्वतहरू, ईर्ष्याले त्यो पर्वततिर किन हेर्छौ, जहाँ परमेश्वरले शासन गर्न खोज्नुभएको छ, जहाँ स्वयम् परमप्रभु सदासर्वदा वास गर्नुहुनेछ? परमेश्वरका रथहरू लाखौँ छन्, र हजारमाथि हजार। परमेश्वर सीनै पर्वतबाट आफ्नो पवित्रस्थानमा आउनुभएको छ। जब तपाईं उच्चमा चढ़िजानुभयो, तपाईंले कैदीहरूलाई बन्दी बनाएर लानुभयो। तपाईंले मानिसहरूबाट उपहार स्वीकार गर्नुभयो, बागीहरूसमेतबाट पनि— कि तपाईं, हे परमप्रभु परमेश्वर, त्यहाँ वास गरून्। परमप्रभुको प्रशंसा होस्, हाम्रा उद्धारक परमेश्वरको, जसले दिनहुँ हाम्रा बोझा उठाउनुहुन्छ। सेला हाम्रा परमेश्वर बचाउनुहुने परमेश्वर हुनुहुन्छ, र परमप्रभु परमेश्वरमा नै मृत्युबाट मुक्ति छ।
भजनसंग्रह 68:15-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
बाशानका पर्वतहरू, वैभवशाली पर्वतहरू, बाशानका पर्वतहरू, धेरै अग्ला पर्वतहरू, हे अग्ला चुचुराहरू हो, तिमी किन ईर्ष्याले त्यस पर्वततिर हेर्छौ, जुन पर्वतमा परमेश्वरले शासन गर्न रोज्नुभएको छ; जहाँ याहवेह स्वयम् सदासर्वदा बास गर्नुहुनेछ? परमेश्वरका रथहरू दसौँ हजार, र हजारौँ-हजार छन्; प्रभु सीनै पर्वतबाट उहाँको पवित्रस्थानमा आउनुभएको छ। जब तपाईं उच्चमा चढिजानुभयो, तब तपाईंले धेरै कैदीहरूलाई बन्दी बनाएर लैजानुभयो; तपाईंले मानिसहरूबाट उपहार प्राप्त गर्नुभयो, विद्रोही मानिसहरूबाट समेत पाउनुभयो— ताकि तपाईं, याहवेह परमेश्वर, त्यहाँ बास गर्न सक्नुभएको होस्। परमेश्वर, हाम्रा मुक्तिदाता प्रभुको प्रशंसा होस्, जसले हाम्रा दिनहुँको बोझहरू बोक्नुहुन्छ। सेला हाम्रा परमेश्वर हामीलाई बचाउने परमेश्वर हुनुहुन्छ; याहवेह प्रभुमा नै मृत्युबाट छुटकारा छ।

भजनसंग्रह 68:15-20 पवित्र बाइबल (NERV)
परमेश्वरको पर्वत बाशान पर्वत हो। बाशान पर्वत धेरै चुचुराहरू भएको विशाल पर्वत हो। हे बाशान पर्वत! तिमी किन सियोन पर्वतलाई हेला गर्छौ? परमेश्वरले सीनै पर्वतलाई प्रेम गर्नुहुन्छ। उहाँले त्यही जग्गालाई वास-स्थान बनाउनु भयो। परमप्रभु पवित्र सीनै पर्वतमा आउनु भयो। उहाँको पछि लाखौंलाख रथहरू छन्। उहाँ उच्च पर्वत माथि-माथि जानु भयो। ती मानिसहरूसित जो उहाँका विरूद्ध भए कैदीहरूको लहरलाई पथ-निर्देश गर्दै पुरूषहरूबाट उपहार लिनलाई, परमप्रभु परमेश्वर त्यहाँ रहनलाई जानु भयो। परमप्रभुको प्रशंसा गर! प्रत्येक दिन उहाँले हाम्रो बोझ उठाउनु हुन्छ। जुन हामी आफैंले उठाउनु पर्ने हो परमेश्वरले हामीलाई मृत्युबाट बचाउनुहुन्छ। उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ। उहाँ नै परमेश्वर हुनुहुन्छ जसले हामीलाई उद्धार गर्नुहुन्छ। परमप्रभु हाम्रा परमेश्वरले हामीलाई बचाउनु हुन्छ।
भजनसंग्रह 68:15-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
बाशान कति महान् पर्वत छ! त्यस पर्वतमा धेरै चुचुराहरू छन्! तिमी बसेको अग्लो चुचुरादेखि परमेश्वरले आफू बस्न रोज्नुभएको पर्वतलाई किन हेला गरेर हेर्दछौ? परमप्रभु त्यहाँ सदासर्वदा बास गर्नुहुनेछ। आफ्ना हजारौं बलिया रथका साथ प्रभु सीनैदेखि आफ्नो पवित्र बासस्थानमा आउनुहुन्छ। धेरै कैदीहरूलाई साथमा लिएर उहाँ अग्ला पर्वतमा जानुहुन्छ, विद्रोही मानिसहरूले उहाँलाई भेटी चढाउँछन्। परमप्रभु परमेश्वर त्यहाँ बास गर्नुहुनेछ। दिन दिनै हाम्रा बोझ बोकिदिनुहुने प्रभुको प्रशंसा गर। उहाँ हामीलाई बचाउनुहुने परमेश्वर हुनुहुन्छ। हाम्रा परमेश्वर हामीलाई बचाउनुहुने परमेश्वर हुनुहुन्छ, उहाँ हामीलाई मृत्युदेखि बचाउनुहुने परमप्रभु, हाम्रा प्रभु हुनुहुन्छ।