YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 68:15-20

भजनसंग्रह 68:15-20 NERV

परमेश्वरको पर्वत बाशान पर्वत हो। बाशान पर्वत धेरै चुचुराहरू भएको विशाल पर्वत हो। हे बाशान पर्वत! तिमी किन सियोन पर्वतलाई हेला गर्छौ? परमेश्वरले सीनै पर्वतलाई प्रेम गर्नुहुन्छ। उहाँले त्यही जग्गालाई वास-स्थान बनाउनु भयो। परमप्रभु पवित्र सीनै पर्वतमा आउनु भयो। उहाँको पछि लाखौंलाख रथहरू छन्। उहाँ उच्च पर्वत माथि-माथि जानु भयो। ती मानिसहरूसित जो उहाँका विरूद्ध भए कैदीहरूको लहरलाई पथ-निर्देश गर्दै पुरूषहरूबाट उपहार लिनलाई, परमप्रभु परमेश्वर त्यहाँ रहनलाई जानु भयो। परमप्रभुको प्रशंसा गर! प्रत्येक दिन उहाँले हाम्रो बोझ उठाउनु हुन्छ। जुन हामी आफैंले उठाउनु पर्ने हो परमेश्वरले हामीलाई मृत्युबाट बचाउनुहुन्छ। उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ। उहाँ नै परमेश्वर हुनुहुन्छ जसले हामीलाई उद्धार गर्नुहुन्छ। परमप्रभु हाम्रा परमेश्वरले हामीलाई बचाउनु हुन्छ।

भजनसंग्रह 68 पढ्नुहोस्