YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 68:15-20

भजनसंग्रह 68:15-20 NNRV

बाशानका पहाड़हरू गौरवशाली छन्‌, बाशानका पहाड चट्टानै-चट्टानले पूर्ण छन्‌। हे रूखा पर्वतहरू, ईर्ष्‍याले त्‍यो पर्वततिर किन हेर्छौ, जहाँ परमेश्‍वरले शासन गर्न खोज्‍नुभएको छ, जहाँ स्‍वयम्‌ परमप्रभु सदासर्वदा वास गर्नुहुनेछ? परमेश्‍वरका रथहरू लाखौँ छन्‌, र हजारमाथि हजार। परमेश्‍वर सीनै पर्वतबाट आफ्‍नो पवित्रस्‍थानमा आउनुभएको छ। जब तपाईं उच्‍चमा चढ़िजानुभयो, तपाईंले कैदीहरूलाई बन्‍दी बनाएर लानुभयो। तपाईंले मानिसहरूबाट उपहार स्‍वीकार गर्नुभयो, बागीहरूसमेतबाट पनि— कि तपाईं, हे परमप्रभु परमेश्‍वर, त्‍यहाँ वास गरून्‌। परमप्रभुको प्रशंसा होस्‌, हाम्रा उद्धारक परमेश्‍वरको, जसले दिनहुँ हाम्रा बोझा उठाउनुहुन्‍छ। सेला हाम्रा परमेश्‍वर बचाउनुहुने परमेश्‍वर हुनुहुन्‍छ, र परमप्रभु परमेश्‍वरमा नै मृत्‍युबाट मुक्ति छ।