YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 68:15-20

भजनसंग्रह 68:15-20 NCV

बाशानका पर्वतहरू, वैभवशाली पर्वतहरू, बाशानका पर्वतहरू, धेरै अग्ला पर्वतहरू, हे अग्ला चुचुराहरू हो, तिमी किन ईर्ष्याले त्यस पर्वततिर हेर्छौ, जुन पर्वतमा परमेश्‍वरले शासन गर्न रोज्नुभएको छ; जहाँ याहवेह स्वयम् सदासर्वदा बास गर्नुहुनेछ? परमेश्‍वरका रथहरू दसौँ हजार, र हजारौँ-हजार छन्; प्रभु सीनै पर्वतबाट उहाँको पवित्रस्थानमा आउनुभएको छ। जब तपाईं उच्‍चमा चढिजानुभयो, तब तपाईंले धेरै कैदीहरूलाई बन्दी बनाएर लैजानुभयो; तपाईंले मानिसहरूबाट उपहार प्राप्‍त गर्नुभयो, विद्रोही मानिसहरूबाट समेत पाउनुभयो— ताकि तपाईं, याहवेह परमेश्‍वर, त्यहाँ बास गर्न सक्नुभएको होस्। परमेश्‍वर, हाम्रा मुक्तिदाता प्रभुको प्रशंसा होस्, जसले हाम्रा दिनहुँको बोझहरू बोक्नुहुन्छ। सेला हाम्रा परमेश्‍वर हामीलाई बचाउने परमेश्‍वर हुनुहुन्छ; याहवेह प्रभुमा नै मृत्युबाट छुटकारा छ।

भजनसंग्रह 68 पढ्नुहोस्