YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 42:1-5

भजनसंग्रह 42:1-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

जसरी हरिणले खोलाका पानीको तृष्‍णा गर्दछ, त्‍यसरी नै, हे परमेश्‍वर, मेरो प्राणले तपाईंको तृष्‍णा गर्दछ। मेरो प्राण परमेश्‍वरको निम्‍ति, जीवित परमेश्‍वरको निम्‍ति तिर्खाउँछ। म कहिले गएर परमेश्‍वरलाई भेटूँ? मेरो आँसु रातदिन मेरो आहार बनेको छ, र मानिसहरू लगातार मलाई भनिरहन्‍छन्‌, “खोइ त तेरा परमेश्‍वर?” मेरो हृदयका कुराहरू पोखाउँदा, यी कुराहरूको मलाई सम्‍झना हुन्‍छ: म कसरी ती उत्‍सव मनाउने जन-समूहसित हर्ष र धन्‍यवादसाथ जाने, र तिनीहरूको अगुवा भएर तिनीहरूलाई परमेश्‍वरको मन्‍दिरतर्फ लाने गर्थें। हे मेरो प्राण, तँ किन उदास हुन्‍छस्‌? र मेरो अन्‍तस्‍करणमा तँ किन यति व्‍याकुल हुन्‍छस्‌? तेरो आशा परमेश्‍वरमा राख्‌, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरा उद्धारक र मेरा परमेश्‍वर हुनुहुन्‍छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 42 पढ्नुहोस्

भजनसंग्रह 42:1-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

जसरी हरिणले खोलाको पानीको तिर्सना गर्दछ, त्यसरी नै हे मेरा परमेश्‍वर, म तपाईंको तिर्सना गर्दछु। मेरो प्राण परमेश्‍वरको निम्ति, जीवित परमेश्‍वरको निम्ति तिर्खाउँछ। म कहिले जाऊँ र परमेश्‍वरलाई भेटूँ? मेरो आँसु दिनरात मेरो भोजन बनेको छ, मानिसहरू निरन्तर मलाई भनिरहन्छन्, “खोइ त तेरो परमेश्‍वर?” मेरो हृदयका कुराहरू पोखाउँदा, यी कुराहरू म सम्झन्छु: कसरी ती उत्सव मनाउने जन समूहहरूसँग जयजयकार र धन्यवादसाथ, महान् परमेश्‍वरको सुरक्षामा म अगुवा भएर तिनीहरूलाई परमेश्‍वरको भवनतर्फ लाने गर्थेँ। हे मेरो प्राण, तँ किन उदास हुन्छस्? मेरो अन्तस्करण तँ किन यति व्याकुल हुन्छस्? परमेश्‍वरमा आशा राख्, हे मेरा मुक्तिदाता, हे मेरा परमेश्‍वर, म अझै पनि तपाईंको प्रशंसा गर्नेछु।

शेयर गर्नुहोस्
भजनसंग्रह 42 पढ्नुहोस्

भजनसंग्रह 42:1-6 पवित्र बाइबल (NERV)

हे परमप्रभु, जसरि एउटा हरिण खोलाको पानी पिउन तिर्खाएको हुन्छ। त्यसरी नै मेरो आत्मा तपाईंको लागि तिर्खाएको हुन्छ, परमप्रभु। मेरो प्राण जीवित परमेश्वरको लागि तिर्खाउँछ। म उहाँलाई भेट्न कहिले जान सक्छु? मेरो शत्रुले निरन्तर मलाई ठट्यौली बनाएको छ। ऊ भन्छ, “तेरो परमेश्वर कहाँ छ? ऊ तिमीलाई बचाउन आउँछ?” म, उदास र दुःखी भएँ। आँसु मेरो रात दिनको खाद्य बनिएको छ जो मेरो आँखाबाट झर्छ। जब म मन्दिरमा बिताएका सुन्दर क्षणहरू सम्झने गर्छु मेरो हृदय चर्किएर आउँछ। तिनीहरू सबैलाई भीड-भाडबाट छिराउँदै परमेश्वरको मन्दिरतिर लगेको सम्झन्छु। ती घुइँचोहरूमा मनाइरहेका उत्सवहरूमा स्तुति-गान खुशीसँग गाएको सम्झन्छु। म यति उदास किन हुनु पर्ने? म किन यति साह्रो विचलित हुने! म परमप्रभुको सहयोगको निम्ति पर्खन्छु। फेरि मैले उहाँको प्रशंसा गर्ने मौका पाउनेछु। उहाँले मलाई बचाउनु हुन्छ! किनभने मैले यस ठाउँबाट तपाईंलाई सम्झना गर्नुपर्छ, यस सानो पहाड जहाँ हेर्मोन पर्वत र यर्दन नदीको मिलन हुँदछ।

शेयर गर्नुहोस्
भजनसंग्रह 42 पढ्नुहोस्

भजनसंग्रह 42:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

जसरी एउटा हरिणले चिसो पानीको तृष्‍णा गर्छ, त्‍यसरी मलाई तपाईंको तृष्‍णा छ, हे परमेश्‍वर! म तपाईं जिउँदो परमेश्‍वरको निम्‍ति तिर्खाउँछु, म कहिले आएर तपाईंको उपस्‍थितिमा उपासना गर्न सक्‍छु? रात-दिन म रुँदै छु, आँसु मात्र मेरो भोजन भएको छ, सबै समय मेरा शत्रुहरूले सोध्‍छन्, “तिम्रा परमेश्‍वर कहाँ छन्?” बितेका दिन याद गर्दा मेरो हृदय टुक्रा-टुक्रा हुँदछ। त्‍यस बेला म झुण्‍ड-झुण्‍डसँग मिली परमेश्‍वरको मन्‍दिरमा जान्थें र तिनीहरूको अघि-अघि हिँड्दथे। आनन्‍दले भरिएको झुण्‍ड परमेश्‍वरको प्रशंसामा गाउँदै-कराउँदै हिँड्थे। म किन यति अफसोसी छु? किन म यति कष्ठित छु? म परमेश्‍वरमा आफ्‍नो आशा राख्‍नेछु, फेरि पनि म आफ्‍ना परमेश्‍वर र उद्धारकको प्रशंसा गर्नेछु!

शेयर गर्नुहोस्
भजनसंग्रह 42 पढ्नुहोस्