YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 42

42
दोस्रो खण्‍ड (४२-७२)
परमप्रभुको तृष्‍णा
सङ्गीत-निर्देशकको निम्‍ति कोरहवंशीहरूको मस्‍किल
1जसरी हरिणले खोलाका पानीको तृष्‍णा गर्दछ, त्‍यसरी नै, हे परमेश्‍वर, मेरो प्राणले तपाईंको तृष्‍णा गर्दछ।
2मेरो प्राण परमेश्‍वरको निम्‍ति, जीवित परमेश्‍वरको निम्‍ति तिर्खाउँछ। म कहिले गएर परमेश्‍वरलाई भेटूँ?
3मेरो आँसु रातदिन मेरो आहार बनेको छ,
र मानिसहरू लगातार मलाई भनिरहन्‍छन्‌, “खोइ त तेरा परमेश्‍वर?”
4मेरो हृदयका कुराहरू पोखाउँदा, यी कुराहरूको मलाई सम्‍झना हुन्‍छ:
म कसरी ती उत्‍सव मनाउने जन-समूहसित हर्ष
र धन्‍यवादसाथ जाने,
र तिनीहरूको अगुवा भएर तिनीहरूलाई परमेश्‍वरको मन्‍दिरतर्फ लाने गर्थें।
5हे मेरो प्राण, तँ किन उदास हुन्‍छस्‌? र मेरो अन्‍तस्‍करणमा तँ किन यति व्‍याकुल हुन्‍छस्‌? तेरो आशा परमेश्‍वरमा राख्‌, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु।
उहाँ मेरा उद्धारक र मेरा परमेश्‍वर हुनुहुन्‍छ।
6अन्‍तस्‍करणमा मेरो मन उदास भएको छ, यसकारण म यर्दनको देशबाट र हेर्मोन
र मिसारको डाँड़ाबाट तपाईंलाई सम्‍झनेछु।
7तपाईंका छहराको गर्जनमा सागरले सागरलाई पुकार्दछ, तपाईंका सम्‍पूर्ण छाल र तरङ्गहरूले मलाई छोपेका छन्‌।
8परमप्रभुले दिउँसो उहाँको प्रेम पठाइदिनुहुन्‍छ,
र राती उहाँको भजन मसित हुन्‍छ, जो मेरो जीवनका परमेश्‍वरलाई प्रार्थना हो।
9मेरा परमेश्‍वर मेरो चट्टानलाई म भन्‍छु, “तपाईंले किन मलाई बिर्सनुभएको छ? शत्रुहरूको थिचोमिचोमा परेर म किन शोक गरेर हिँड़िरहनुपर्ने?”
10मेरा हाड़हरूमा घातक चोट पारेझैँ, मेरा शत्रुहरू मलाई गिल्‍ला गर्दै लगातार मलाई भन्‍छन्‌, “खोइ त तेरा परमेश्‍वर?”
11हे मेरो प्राण, तँ किन उदास हुन्‍छस्‌? र मेरो अन्‍तस्‍करणमा तँ किन यति व्‍याकुल हुन्‍छस्‌? तेरो आशा परमेश्‍वरमा राख्‌, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरा उद्धारक र मेरा परमेश्‍वर हुनुहुन्‍छ। #फिलि ४:६-७

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 42: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्