भजनसंग्रह 34:11-14
भजनसंग्रह 34:11-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आओ, हे बालक हो, मेरा कुरा सुन, म तिमीहरूलाई परमप्रभुको भय मान्न सिकाउनेछु। तिमीहरूमध्ये कसैले जीवनलाई प्रेम गर्छ, र धेरै असल दिनहरू देख्न इच्छा गर्दछ भने— आफ्नो जिब्रोलाई खराबीबाट र आफ्ना ओठलाई झूट बोल्नबाट अलग्ग राख। खराबीबाट फर्केर असल गर, शान्ति खोज, र त्यसकै पछि लाग।
भजनसंग्रह 34:11-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मेरा युवा साथीहरू हो! आओ र मेरा कुरा सुन, म तिमीहरूलाई परमप्रभुको आदर गर्न सिकाउनेछु। के तिमी जीवनमा आनन्द गर्न चाहन्छौ? के तिमीले लामो आयु र आनन्द चाहन्छौ? त्यसो हो भने खराब कुरा र झूटो बोल्नदेखि टाढा बस, खराबीदेखि फर्क र भलाइ गर र सारा हृदयले शान्तिको खोजी गर।
भजनसंग्रह 34:11-14 पवित्र बाइबल (NERV)
केटा-केटीहरू मलाई ध्यान देऊ, म तिमीहरूलाई परमेश्वरको आदर गर्ने तरिका सिकाउनेछु। यदि कुनै मानिस आफ्नो जीवनलाई प्रेम गर्दछ र असल, लामो जीवन बाँच्न चाहन्छ भने, तब त्यस मानिसहले अधर्म कुराहरू गर्नु हुँदैन; त्यस मानिसले झूटा कुराहरू त बोल्नुहुँदैन। नराम्रा कामहरू गर्नदेखि आफूलाई रोक! राम्रो, असल कुराहरू मात्र गर। शान्तिको पछाडी दगुर अनि त्यसलाई समात।