भजनसंग्रह 30:4-5
भजनसंग्रह 30:4-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभुका पवित्र जन हो, उहाँको निम्ति भजन गाओ, र उहाँको पवित्र नाउँको स्तुति गर। किनकि उहाँको क्रोध क्षणभरिको मात्र हुन्छ, तर उहाँको निगाह आजन्म रहन्छ, आँसु रातभरि मात्र बग्छ, तर बिहान आनन्द आउँदछ।
शेयर गर्नुहोस्
भजनसंग्रह 30 पढ्नुहोस्भजनसंग्रह 30:4-5 पवित्र बाइबल (NERV)
हे परमेश्वरका भक्तजनहरू, परमप्रभु प्रति भजन गाऔ! उहाँको पवित्र नाउँको प्रशंसा गर! परमेश्वर क्रोधित हुनुहुन्थ्यो यसर्थ निर्णय “मृत्यु” हुन गयो। तर उहाँले आफ्नो प्रेम दर्शाउनु भयो र मलाई “जीवनदान” दिनुभयो। म राती रोइरहें, अर्को बिहान म खुशी थिएँ र गाइरहेथें!
शेयर गर्नुहोस्
भजनसंग्रह 30 पढ्नुहोस्भजनसंग्रह 30:4-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे उहाँका सबै विश्वासी प्रजा हो! परमप्रभुको प्रशंसा गर, परमपवित्रको कामको सम्झना गर र उहाँलाई धन्यवाद चढाओ! उहाँको रिस थोरै समयको लागि र उहाँको भलाइ जीवनभरिको लागि रहन्छन्। राती आँसु झर्ला तर बिहान आनन्द आउँछ।
शेयर गर्नुहोस्
भजनसंग्रह 30 पढ्नुहोस्