YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 16:5-11

भजनसंग्रह 16:5-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे याहवेह, तपाईं नै मेरो हिस्सा र कचौरा हुनुहुन्छ; तपाईंले नै मेरो भाग सुरक्षित राखिदिनुभएको छ। सिमानाका रेखाहरू मेरो मनपर्ने ठाउँमा परेका छन्; साँच्‍चै नै मलाई मनपर्ने पैतृक सम्पत्ति पाएको छु। यसैकारण म याहवेहको प्रशंसा गर्दछु, जसले मलाई परामर्श दिनुहुन्छ; रातमा पनि मेरो हृदयले मलाई निर्देशन दिन्छ। म मेरो आँखा सधैँ याहवेहमा राख्दछु, उहाँ मेरो दाहिनेपट्टि हुनुभएकोले, म डगमगाउनेछैनँ। यसैकारण मेरो हृदय आनन्दित छ, र मेरो जिब्रो हर्षित छ; मेरो शरीरले पनि सुरक्षितसाथ विश्राम गर्नेछ। किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्नुहुनेछैन; न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ। जीवनका मार्गहरू तपाईंले मलाई थाहा गराउनुभएको छ; आफ्नो उपस्थितिमा तपाईंले मभित्र आनन्द भरिदिनुहुनेछ। तपाईंको दाहिने बाहुलीमा अनन्तको आनन्द छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 16 पढ्नुहोस्

भजनसंग्रह 16:5-11 पवित्र बाइबल (NERV)

मेरो हिस्सा र मेरो कचौरा परमप्रभुबाट नै कपादान हुन्छ। हे परमप्रभु, तपाईं मेरो सहारा हुनुहुन्छ, तपाईंले मेरो भाग प्रदान गर्नुहुन्छ। मेरो भाग आश्चर्यपूर्ण छ, मेरो उत्तराधिकार अति सुन्दर छ। म परमप्रभुको प्रशंसा गर्छु, किनभने उहाँले मलाई असल कुरा सिकाउनु भएको छ। राती पनि, मलाई आन्तरिक अर्ती दिनुहुन्छ। परमप्रभुलाई मैले सधैँ आफू समक्ष राखेको छु र म उहाँको दाहिने तिरबाट कहिल्यै सर्ने छुइनँ। मेरो हृदय र आत्मा यसैले आनन्दित हुनेछ। अनि मेरो शरीर पनि सुरक्षित रहनेछ। किनभने परमप्रभु, तपाईंले मलाई चिहानमा छोड्नु हुनेछैन। तपाईंले आफ्नो आज्ञाकारी भक्तजनलाई चिहानमा त्यसै कुहुन दिनुहुने छैन। तपाईं मलाई बाँच्ने सही बाटो सिकाउनु हुनेछ। तपाईंसँग हुँदा सम्पूर्ण खुशी प्राप्त हुनेछ। तपाईको दाहिनेपट्टि हुँदा सघैं खुशी प्राप्त हुनेछ।

शेयर गर्नुहोस्
भजनसंग्रह 16 पढ्नुहोस्

भजनसंग्रह 16:5-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभु, तपाईंले मेरो हिस्‍सा र कचौरा छुट्ट्याइदिनुभएको छ। तपाईंले मेरो भाग सुरक्षित राखिदिनुभएको छ। सिमानाका रेखाहरू मेरो निम्‍ति रमणीय स्‍थानमा परेका छन्‌। साँच्‍चै, मैले आनन्‍दमय पैतृक-सम्‍पत्ति पाएको छु। मलाई सल्‍लाह दिनुहुने परमप्रभुको प्रशंसा म गर्नेछु। मेरो हृदयले राती पनि मलाई अर्ती दिन्‍छ। मैले परमप्रभुलाई सधैँ मेरो सामुन्‍ने राखेको छु। उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्‍छ, यसकारण म डग्‍नेछैनँ। यसकारण मेरो हृदय आनन्‍दित छ, अनि मेरो जिब्रो हर्षित हुन्‍छ। मेरो शरीर पनि सुरक्षित रहन्‍छ। किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्‌नुहुनेछैन, न त तपाईंले आफ्‍ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ। तपाईंले मलाई जीवनको मार्ग देखाउनुभएको छ। तपाईंको उपस्‍थितिद्वारा तपाईंले आनन्‍दले मलाई गद्‌गद्‌ पार्नुहुनेछ। तपाईंको दाहिने बाहुलीमा अनन्‍त आनन्‍द छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 16 पढ्नुहोस्

भजनसंग्रह 16:5-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे याहवेह, तपाईं नै मेरो हिस्सा र कचौरा हुनुहुन्छ; तपाईंले नै मेरो भाग सुरक्षित राखिदिनुभएको छ। सिमानाका रेखाहरू मेरो मनपर्ने ठाउँमा परेका छन्; साँच्‍चै नै मलाई मनपर्ने पैतृक सम्पत्ति पाएको छु। यसैकारण म याहवेहको प्रशंसा गर्दछु, जसले मलाई परामर्श दिनुहुन्छ; रातमा पनि मेरो हृदयले मलाई निर्देशन दिन्छ। म मेरो आँखा सधैँ याहवेहमा राख्दछु, उहाँ मेरो दाहिनेपट्टि हुनुभएकोले, म डगमगाउनेछैनँ। यसैकारण मेरो हृदय आनन्दित छ, र मेरो जिब्रो हर्षित छ; मेरो शरीरले पनि सुरक्षितसाथ विश्राम गर्नेछ। किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्नुहुनेछैन; न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ। जीवनका मार्गहरू तपाईंले मलाई थाहा गराउनुभएको छ; आफ्नो उपस्थितिमा तपाईंले मभित्र आनन्द भरिदिनुहुनेछ। तपाईंको दाहिने बाहुलीमा अनन्तको आनन्द छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 16 पढ्नुहोस्

भजनसंग्रह 16:5-11 पवित्र बाइबल (NERV)

मेरो हिस्सा र मेरो कचौरा परमप्रभुबाट नै कपादान हुन्छ। हे परमप्रभु, तपाईं मेरो सहारा हुनुहुन्छ, तपाईंले मेरो भाग प्रदान गर्नुहुन्छ। मेरो भाग आश्चर्यपूर्ण छ, मेरो उत्तराधिकार अति सुन्दर छ। म परमप्रभुको प्रशंसा गर्छु, किनभने उहाँले मलाई असल कुरा सिकाउनु भएको छ। राती पनि, मलाई आन्तरिक अर्ती दिनुहुन्छ। परमप्रभुलाई मैले सधैँ आफू समक्ष राखेको छु र म उहाँको दाहिने तिरबाट कहिल्यै सर्ने छुइनँ। मेरो हृदय र आत्मा यसैले आनन्दित हुनेछ। अनि मेरो शरीर पनि सुरक्षित रहनेछ। किनभने परमप्रभु, तपाईंले मलाई चिहानमा छोड्नु हुनेछैन। तपाईंले आफ्नो आज्ञाकारी भक्तजनलाई चिहानमा त्यसै कुहुन दिनुहुने छैन। तपाईं मलाई बाँच्ने सही बाटो सिकाउनु हुनेछ। तपाईंसँग हुँदा सम्पूर्ण खुशी प्राप्त हुनेछ। तपाईको दाहिनेपट्टि हुँदा सघैं खुशी प्राप्त हुनेछ।

शेयर गर्नुहोस्
भजनसंग्रह 16 पढ्नुहोस्

भजनसंग्रह 16:5-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभु! तपाईं मेरो सर्वस्‍व हुनुहुन्‍छ र मलाई चाहिएका हरेक थोक तपाईंले दिनुहुन्‍छ, मेरो भविष्‍य तपाईंको हातमा छ। तपाईंले मलाई दिनुभएका दानहरू कति राम्रा र उदेकका छन्! म परमप्रभुको प्रशंसा गर्छु किनभने उहाँले मेरो अगुवाइ गर्नुहुन्‍छ र राती मेरो विवेकले मलाई सावधान गराउँदछ। सदा परमप्रभु उपस्‍थित हुनुभएको म थाहा पाउँदछु, उहाँ नजिक हुनुहुन्‍छ, कुनै कुराले मलाई हल्‍लाउन सक्‍दैन। यसैले म आनन्‍दित र धन्‍यवादी छु, मैले आफैंलाई पूरा सुरक्षित पाउँछु किनभने तपाईंले मलाई मृत्‍युको शक्तिबाट रक्षा गर्नुहुन्‍छ। तपाईंले आफ्‍ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछैन। तपाईंले मलाई जीवनमा पुर्‍याउने बाटो देखाउनुहुन्‍छ, तपाईंको उपस्‍थितिले मलाई आनन्‍दले भरिदिनुहुन्‍छ र मलाई सदासर्वदाको लागि सुख-चैन हुन्‍छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 16 पढ्नुहोस्