परमप्रभु, तपाईंले मेरो हिस्सा र कचौरा छुट्ट्याइदिनुभएको छ। तपाईंले मेरो भाग सुरक्षित राखिदिनुभएको छ। सिमानाका रेखाहरू मेरो निम्ति रमणीय स्थानमा परेका छन्। साँच्चै, मैले आनन्दमय पैतृक-सम्पत्ति पाएको छु। मलाई सल्लाह दिनुहुने परमप्रभुको प्रशंसा म गर्नेछु। मेरो हृदयले राती पनि मलाई अर्ती दिन्छ। मैले परमप्रभुलाई सधैँ मेरो सामुन्ने राखेको छु। उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्छ, यसकारण म डग्नेछैनँ। यसकारण मेरो हृदय आनन्दित छ, अनि मेरो जिब्रो हर्षित हुन्छ। मेरो शरीर पनि सुरक्षित रहन्छ। किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्नुहुनेछैन, न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ। तपाईंले मलाई जीवनको मार्ग देखाउनुभएको छ। तपाईंको उपस्थितिद्वारा तपाईंले आनन्दले मलाई गद्गद् पार्नुहुनेछ। तपाईंको दाहिने बाहुलीमा अनन्त आनन्द छ।
भजनसंग्रह 16 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 16
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 16:5-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू