YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 16:5-11

भजनसंग्रह 16:5-11 NNRV

परमप्रभु, तपाईंले मेरो हिस्‍सा र कचौरा छुट्ट्याइदिनुभएको छ। तपाईंले मेरो भाग सुरक्षित राखिदिनुभएको छ। सिमानाका रेखाहरू मेरो निम्‍ति रमणीय स्‍थानमा परेका छन्‌। साँच्‍चै, मैले आनन्‍दमय पैतृक-सम्‍पत्ति पाएको छु। मलाई सल्‍लाह दिनुहुने परमप्रभुको प्रशंसा म गर्नेछु। मेरो हृदयले राती पनि मलाई अर्ती दिन्‍छ। मैले परमप्रभुलाई सधैँ मेरो सामुन्‍ने राखेको छु। उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्‍छ, यसकारण म डग्‍नेछैनँ। यसकारण मेरो हृदय आनन्‍दित छ, अनि मेरो जिब्रो हर्षित हुन्‍छ। मेरो शरीर पनि सुरक्षित रहन्‍छ। किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्‌नुहुनेछैन, न त तपाईंले आफ्‍ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ। तपाईंले मलाई जीवनको मार्ग देखाउनुभएको छ। तपाईंको उपस्‍थितिद्वारा तपाईंले आनन्‍दले मलाई गद्‌गद्‌ पार्नुहुनेछ। तपाईंको दाहिने बाहुलीमा अनन्‍त आनन्‍द छ।