YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 16

16
दाऊदको मिक्ताम भन्ने भजन।
1हे परमेश्वर, मेरो रक्षा गर्नुहोस्, किनभने म तपाईं माथि नै आश्रित छु।
2मैले परमप्रभुलाई भने,
“हे परमप्रभु, तपाईं मेरो स्वामी हुनुहुन्छ,
प्रत्येक असल कुराहरू मैले तपाईंबाट पाएँ।”
3परमप्रभुले आफ्ना भक्तजनहरूका लागि पृथ्वीमा
अनेक आश्यर्यपूर्ण कामहरू गर्नुभयो।
परमप्रभुले आफ्नो स्नेहपूर्ण करूणा तिनीहरूलाई देखाउनु भयो।
4तर जसले परमेश्वरलाई त्यागे र अन्य देवताहरू पुज्न थाले तिनीहरूले कष्ट पाउने छन्।
तिनीहरूले मूर्तिहरूमा चढाएको रक्तबलिमा म सहभागी हुने छैन।
म ती मूर्तिहरूको नाउँ समेत लिने छुइनँ।
5मेरो हिस्सा र मेरो कचौरा परमप्रभुबाट नै कपादान हुन्छ।
हे परमप्रभु, तपाईं मेरो सहारा हुनुहुन्छ,
तपाईंले मेरो भाग प्रदान गर्नुहुन्छ।
6मेरो भाग आश्चर्यपूर्ण छ,
मेरो उत्तराधिकार अति सुन्दर छ।
7म परमप्रभुको प्रशंसा गर्छु, किनभने उहाँले मलाई असल कुरा सिकाउनु भएको छ।
राती पनि, मलाई आन्तरिक अर्ती दिनुहुन्छ।
8परमप्रभुलाई मैले सधैँ
आफू समक्ष राखेको छु
र म उहाँको दाहिने तिरबाट कहिल्यै सर्ने छुइनँ।
9मेरो हृदय र आत्मा यसैले आनन्दित हुनेछ।
अनि मेरो शरीर पनि सुरक्षित रहनेछ।
10किनभने परमप्रभु, तपाईंले मलाई चिहानमा#16:10 चिहानमा हिब्रू भाषमा “पाताल” हो। छोड्नु हुनेछैन।
तपाईंले आफ्नो आज्ञाकारी भक्तजनलाई चिहानमा त्यसै कुहुन दिनुहुने छैन।
11तपाईं मलाई बाँच्ने सही बाटो सिकाउनु हुनेछ।
तपाईंसँग हुँदा सम्पूर्ण खुशी प्राप्त हुनेछ।
तपाईको दाहिनेपट्टि हुँदा सघैं खुशी प्राप्त हुनेछ।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 16: NERV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्