भजनसंग्रह 131:1-3
भजनसंग्रह 131:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, मेरो हृदय अहङ्कारी छैन, मेरा आँखा घमण्डी छैनन्। आफूले नभ्याउने कुराहरू अनि उदेकका थोकहरूमा म आफैलाई अल्झाउँदिनँ। तर मैले मेरो प्राणलाई स्थिर र शान्त तुल्याएको छु, आमासँग बसेर शान्त भएको बालकझैँ, आमाको दूध छोडाइएको बालकझैँ मेरो प्राण शान्त छ। हे इस्राएल, आज अनि सदासर्वदा परमप्रभुमा नै आशा राख्।
भजनसंग्रह 131:1-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, मेरो हृदय घमण्डी छैन, मेरा आँखाहरू हठी छैनन्; म ठूला-ठूला कुराहरू अथवा आफूले पाउनै नसक्ने कुराहरूमा आफूलाई अल्झाउँदिनँ। तर मैले आफूलाई शान्त र चुप गराएको छु; आमासँग तृप्त भएर बसेको बालकझैँ, आमाको दूध छुटाइएको बालकझैँ म सन्तुष्ट छु। हे इस्राएल, अहिले र सदासर्वदा याहवेहमा नै आफ्नो आशा राख्!
भजनसंग्रह 131:1-3 पवित्र बाइबल (NERV)
हे परमप्रभु, म अहङ्काकारी छैन। म आफूलाई महत्व दिने काम गर्दिनँ। म महानकार्य गर्ने कोशिश गर्दिनँ म ती कठिन-कार्यहरूको जुन कार्यहरू गर्नु मेरो निम्ति असम्भव छ। म चुपचाप छु, मेरो प्राण शान्त छ। आमाको काखमा भएको एक सन्तोषी बालक जस्तो मेरो प्राण चुपचाप र शान्त छ। हे इस्राएली हो परमप्रभुमाथि भरोसा गर। उहाँलाई अहिले भरोसा गर अनि उहाँलाई सधैँ भरोसा गर।
भजनसंग्रह 131:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमप्रभु, मैले आफ्नो घमण्ड छोडेको छु र अहङ्कारदेखि मुख फर्काएको छु। ठूल्ठूला कुराहरू वा मलाई बुझ्न अति गाह्रो पर्ने विषयहरूसँग मेरो केही वास्ता छैन। त्यसको सट्टामा म सन्तोष र शान्तिमा छु, जसरी बालक आमाको काखमा चुप भई सुत्छ, त्यसरी मेरो हृदय मभित्र शान्त छ। हे इस्राएल, अहिले र सदासर्वदा परमप्रभुमा भरोसा राख्!