भजनसंग्रह 131
131
यात्रा स्तुतिगान, दाऊदको भजन।
1हे परमप्रभु, म अहङ्काकारी छैन।
म आफूलाई महत्व दिने काम गर्दिनँ।
म महानकार्य गर्ने कोशिश गर्दिनँ
म ती कठिन-कार्यहरूको जुन कार्यहरू गर्नु मेरो निम्ति असम्भव छ।
2म चुपचाप छु, मेरो प्राण शान्त छ।
आमाको काखमा भएको एक सन्तोषी बालक जस्तो
मेरो प्राण चुपचाप र शान्त छ।
3हे इस्राएली हो परमप्रभुमाथि भरोसा गर।
उहाँलाई अहिले भरोसा गर अनि उहाँलाई सधैँ भरोसा गर।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 131: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International