भजनसंग्रह 119:130-135
भजनसंग्रह 119:130-135 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तपाईंका शिक्षाहरूको अर्थ खोलिंदा हामीले ज्योति पाउँछौं र अज्ञानीहरूले बुद्धि पाउँछन्। तपाईंका आज्ञाहरू मान्ने इच्छा राखेकाले गर्दा म आफ्नो मुख खोल्दछु र तिर्सना गर्दछु। जसरी तपाईंसँग प्रेम गर्नेहरूतिर तपाईं फर्कनुहुन्छ र कृपा गर्नुहुन्छ, त्यसरी नै मसँग गर्नुहोस्। तपाईंले प्रतिज्ञा गर्नुभएकोअनुसार मलाई लोट्नुदेखि बचाउनुहोस्, मलाई खराबीले नजितोस्। मलाई सताउनेहरूदेखि मलाई बचाउनुहोस्, म तपाईंका आज्ञाहरू मान्न सकूँ। तपाईंको उपस्थितिले मलाई आशिष् दिनुहोस् र तपाईंका व्यवस्थाहरूको शिक्षा मलाई दिनुहोस्।
भजनसंग्रह 119:130-135 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तपाईंका वचनको व्याख्याले ज्योति प्रदान गर्छ, त्यसले सीधासादा मानिसहरूलाई समझशक्ति दिन्छ। म आफ्नो मुख खोल्छु, र तृष्णा गर्दछु, किनकि म तपाईंका आज्ञाहरूको प्यासी छु। मतिर फर्कनुहोस् र ममाथि दया गर्नुहोस्, जसरी तपाईंको नाउँसँग प्रेम गर्नेहरूलाई तपाईं दया गर्नुहुन्छ। तपाईंको वचनअनुसार मेरा पाइलाहरू स्थिर गरिदिनुहोस्, र कुनै पापले ममाथि राज्य गर्न नपाओस्। मानिसहरूको थिचोमिचोबाट मलाई मोल तिरेर छुटकारा दिनुहोस्, र म तपाईंका आदेशहरू पालन गर्न सकूँ। तपाईंको दासमाथि आफ्नो मुहार प्रकाशित गर्नुहोस्, र तपाईंका विधिहरू मलाई सिकाउनुहोस्।
भजनसंग्रह 119:130-135 पवित्र बाइबल (NERV)
कुनै ज्योतिले तिनीहरूलाई बाँच्ने ठीक तरिका देखाए झैं मानिसहरूले तपाईंको शब्दहरू बुझ्न शुरू गरे। तपाईंका वचनले सामान्य भन्दा सामान्य मानिसहरूलाई सम्म बुद्धिमानी बनाउँदछ। हे परमप्रभु, म साँच्चो रूपले तपाईंका आज्ञाहरू मनन गर्न चाहन्छु, म त्यो स्वास रोकिएर अधैर्यपूर्ण पर्खिरहेको मानिस जस्तो छु। हे परमेश्वर, मलाई हेर्नुहोस र म प्रति कृपालु बन्नु होस्। जसले तपाईंको नाउँको पुकारा गर्छन्, ती मानिसहरूका लागि असल काम गरिदिनुहोस्। हे परमप्रभु, तपाईंले कसम खाए झैं मलाई डोर्याउनु होस् मतर्फ कुनै प्रकारको दुर्घटना घट्न नदिनुहोस्। हे परमप्रभु, मलाई दुःख-कष्ट दिने मानिसहरूबाट बचाउनु होस् अनि म तपाईंको आज्ञाहरू पालन गर्ने छु। हे परमप्रभु, मलाई ग्रहण गर्नुहोस्, अनि आफ्नो नियमहरू सिकाउनुहोस्।

भजनसंग्रह 119:130-135 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तपाईंका वचनहरूको अर्थ खोलिँदा ज्योति चम्कन्छ; त्यसले सोझाहरूलाई समझशक्ति दिन्छ। म तपाईंका आज्ञाहरूका तिर्सनाले आफ्नो मुख खोल्छु, र सुस्केरा हाल्दछु। तपाईंको नामलाई प्रेम गर्नेहरूलाई तपाईंले सदा गरेझैँ, मतिर फर्कनुहोस् र ममाथि दया गर्नुहोस्! तपाईंको वचनअनुसार मेरा पाइलाहरूलाई डोर्याउनुहोस्; र कुनै पापले ममाथि राज्य नगरोस्! मानिसका अत्याचारबाट मलाई मोल तिरेर छुटाउनुहोस्, ताकि म तपाईंका विधिहरू पालन गर्न सकूँ। तपाईंको सेवकमाथि आफ्नो मुहार चम्काउनुहोस्; र तपाईंका उर्दीहरू मलाई सिकाउनुहोस्!