YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:130-135

भजनसंग्रह 119:130-135 NCV

तपाईंका वचनहरूको अर्थ खोलिँदा ज्योति चम्कन्छ; त्यसले सोझाहरूलाई समझशक्ति दिन्छ। म तपाईंका आज्ञाहरूका तिर्सनाले आफ्नो मुख खोल्छु, र सुस्केरा हाल्दछु। तपाईंको नामलाई प्रेम गर्नेहरूलाई तपाईंले सदा गरेझैँ, मतिर फर्कनुहोस् र ममाथि दया गर्नुहोस्! तपाईंको वचनअनुसार मेरा पाइलाहरूलाई डोर्‍याउनुहोस्; र कुनै पापले ममाथि राज्य नगरोस्! मानिसका अत्याचारबाट मलाई मोल तिरेर छुटाउनुहोस्, ताकि म तपाईंका विधिहरू पालन गर्न सकूँ। तपाईंको सेवकमाथि आफ्नो मुहार चम्काउनुहोस्; र तपाईंका उर्दीहरू मलाई सिकाउनुहोस्!

भजनसंग्रह 119 पढ्नुहोस्