YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:130-135

भजनसंग्रह 119:130-135 NNRV

तपाईंका वचनको व्‍याख्‍याले ज्‍योति प्रदान गर्छ, त्‍यसले सीधासादा मानिसहरूलाई समझशक्ति दिन्‍छ। म आफ्‍नो मुख खोल्‍छु, र तृष्‍णा गर्दछु, किनकि म तपाईंका आज्ञाहरूको प्‍यासी छु। मतिर फर्कनुहोस्‌ र ममाथि दया गर्नुहोस्‌, जसरी तपाईंको नाउँसँग प्रेम गर्नेहरूलाई तपाईं दया गर्नुहुन्‍छ। तपाईंको वचनअनुसार मेरा पाइलाहरू स्‍थिर गरिदिनुहोस्‌, र कुनै पापले ममाथि राज्‍य गर्न नपाओस्‌। मानिसहरूको थिचोमिचोबाट मलाई मोल तिरेर छुटकारा दिनुहोस्‌, र म तपाईंका आदेशहरू पालन गर्न सकूँ। तपाईंको दासमाथि आफ्‍नो मुहार प्रकाशित गर्नुहोस्‌, र तपाईंका विधिहरू मलाई सिकाउनुहोस्‌।